ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
फ्लोरेन्टिनो पेरेज पुनः रियल म्याड्रिडको अध्यक्षमा निर्वाचित  
2082 General Results Result

फ्लोरेन्टिनो पेरेज पुनः रियल म्याड्रिडको अध्यक्षमा निर्वाचित  

Inquiry Nepal Inquiry Nepal June 8, 2026 at 10:59 AM 43 views
काठमाडौं ।  स्पेनिस फुटबल क्लब रियल म्याड्रिडको अध्यक्षमा फ्लोरेन्टिनो पेरेज पुनः निर्वाचित भएका छन्।  क्लबले अध्यक्ष र बोर्ड अफ डाइरेक्टरको चुनावको आधिकारिक नतिजा सार्वजनिक गर्दै पेरेजको जितको घोषणा गरेको हो । निर्वाचन बोर्डका अनुसार प्रत्यक्ष र हुलाकमार्फत प्राप्त भएका सबै मतहरूको गणना सम्पन्न हुँदा पेरेजको प्यानलले ६५ प्रतिशत मतसहित स्पष्ट बहुमत हासिल गरेको छ । […]

काठमाडौं । 

स्पेनिस फुटबल क्लब रियल म्याड्रिडको अध्यक्षमा फ्लोरेन्टिनो पेरेज पुनः निर्वाचित भएका छन्। 

क्लबले अध्यक्ष र बोर्ड अफ डाइरेक्टरको चुनावको आधिकारिक नतिजा सार्वजनिक गर्दै पेरेजको जितको घोषणा गरेको हो । निर्वाचन बोर्डका अनुसार प्रत्यक्ष र हुलाकमार्फत प्राप्त भएका सबै मतहरूको गणना सम्पन्न हुँदा पेरेजको प्यानलले ६५ प्रतिशत मतसहित स्पष्ट बहुमत हासिल गरेको छ । कुल मतगणनामा पेरेजले २१ हजार ७ सय ४१ मत प्राप्त गर्दा उनका एकमात्र प्रतिस्पर्धी एन्रिके रिकेल्मेले ११ हजार ८ सय १४ अर्थात् ३५ प्रतिशत मत मात्रै ल्याउन सफल भए ।

नयाँ कार्यकाल सुरक्षित गरेसँगै पेरेजको नेतृत्वमा क्लबको नयाँ बोर्ड अफ डाइरेक्टर पनि गठन गरिएको छ । जसमा उपाध्यक्ष र अन्य महत्त्वपूर्ण सदस्यहरू समावेश छन् । लामो समयदेखि रियल म्याड्रिडको कमान्ड सम्हाल्दै आएका पेरेजको कार्यकालमा क्लबले घरेलु तथा युरोपेली फुटबलमा अभूतपूर्व सफलताहरू हात पारेको छ । युरोपेली फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिग सर्वाधिक १५ पटक जितेर कीर्तिमान बनाएको रियल म्याड्रिडले पेरेजको यो नयाँ कार्यकालमा सफलताको लयलाई थप निरन्तरता दिने विश्वास गरिएको छ ।

results election 2082