ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
रास्वपा रसुवाको प्रथम जिल्ला अधिवेशनबाट वसन्त भट्ट सभापतिमा निर्वाचित
2082 General Parties

रास्वपा रसुवाको प्रथम जिल्ला अधिवेशनबाट वसन्त भट्ट सभापतिमा निर्वाचित

Inquiry Nepal Inquiry Nepal June 8, 2026 at 6:58 AM 26 views
रसुवा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रसुवाको प्रथम जिल्ला अधिवेशन आइतबार सदरमुकाम धुन्चेमा सम्पन्न भएको छ। अधिवेशनबाट वसन्त भट्ट जिल्ला सभापतिमा निर्वाचित भएका छन्। सभापति पदका लागि भएको निर्वाचनमा भट्टले ६६ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सविन सापकोटाले ४१ मत प्राप्त गरेका थिए। अधिवेशनअन्तर्गत सभापति, सचिव, खुला सदस्य तथा जनजाति सदस्य […]

रसुवा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रसुवाको प्रथम जिल्ला अधिवेशन आइतबार सदरमुकाम धुन्चेमा सम्पन्न भएको छ। अधिवेशनबाट वसन्त भट्ट जिल्ला सभापतिमा निर्वाचित भएका छन्।

सभापति पदका लागि भएको निर्वाचनमा भट्टले ६६ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सविन सापकोटाले ४१ मत प्राप्त गरेका थिए।

अधिवेशनअन्तर्गत सभापति, सचिव, खुला सदस्य तथा जनजाति सदस्य पदका लागि निर्वाचन भएको थियो। उपसभापति पदमा दावा लामा निर्विरोध निर्वाचित भएका छन् भने सह–सचिव पदमा रविन्द्र तामाङ निर्विरोध चयन भएका छन्।

सचिव पदमा रविन्द्र लोप्चन ७४ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी तेजप्रसाद खतिवडाले २७ मत प्राप्त गरेका थिए।

त्यस्तै, महिला सदस्य पदमा सानुदेवी तामाङ निर्विरोध निर्वाचित भएकी छन्। खुला सदस्यतर्फ सुशिल खतिवडा २८ मत प्राप्त गर्दै निर्वाचित भएका छन् भने जनजाति सदस्यतर्फ युवराज घले ७८ मतसहित निर्वाचित भएका छन्।

अधिवेशनले जिल्लामा पार्टी संगठनलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।

parties election 2082