ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
राष्ट्रिय स्वतन्त्र पार्टी दाङको सभापतिमा खनाल निर्वाचित
2082 General Candidates Result

राष्ट्रिय स्वतन्त्र पार्टी दाङको सभापतिमा खनाल निर्वाचित

Inquiry Nepal Inquiry Nepal June 7, 2026 at 9:11 AM 49 views
घोराही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङको जिल्ला सभापतिमा किरण खनाल निर्वाचित भएका छन्। सम्पन्न जिल्ला अधिवेशनअन्तर्गत भएको निर्वाचनमा खनालले १९६ मत प्राप्त गर्दै विजयी भएका हुन्। सभापति पदका अन्य उम्मेदवारमध्ये बिनय घिमिरेले १२४ मत, केदार रजौरेले ६ मत तथा किरणकुमार आचार्यले २ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ। उपसभापति पदमा निराजन थापा २४१ […]

घोराही ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङको जिल्ला सभापतिमा किरण खनाल निर्वाचित भएका छन्। सम्पन्न जिल्ला अधिवेशनअन्तर्गत भएको निर्वाचनमा खनालले १९६ मत प्राप्त गर्दै विजयी भएका हुन्।

सभापति पदका अन्य उम्मेदवारमध्ये बिनय घिमिरेले १२४ मत, केदार रजौरेले ६ मत तथा किरणकुमार आचार्यले २ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ।

उपसभापति पदमा निराजन थापा २४१ मतसहित विजयी भए। उनकी प्रतिद्वन्द्वी सुनिता रावतले ८० मत प्राप्त गरिन्।
यस्तै, सचिव पदमा अशिम भुसाल २०० मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी बलिराम खत्रीले १२३ मत प्राप्त गरे।

सह–सचिव पदमा प्रमिला रोका मगर १४८ मतसहित विजयी भइन्। उक्त पदका अन्य उम्मेदवार दिपक गैरेले १०८ मत तथा सोमराज बस्नेतले ६३ मत प्राप्त गरेका थिए।

निर्वाचनबाट सदस्य पदमा प्रताप पुन मगर, चुम्मन चौधरी, गोमा शर्मा र पवित्रा बिक निर्वाचित भएका छन्।

candidates election 2082