काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले ८ विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि सर्ट लिस्टमा परेका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ ।
मन्त्रालयअन्तर्गत गठित उपकुलपति छनोट तथा सिफारिस समितिले “विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३” बमोजिम प्राप्त दरखास्तहरूको मूल्याङ्कन गरी शुक्रबार अल्पसूची (सर्ट लिस्ट) तयार गरेको हो । लुम्बिनी बौद्ध विश्वविद्यालयमा ७ जना र अन्य विश्वविद्यालयहरूमा १०/१० जनाका दरले सूची सार्वजनिक गरिएको छ ।
लुम्बिनी बौद्धमा ७ जनाको मात्रै आवेदन परेको थियो । कुल आठ विश्वविद्यालयका लागि २१८ आवेदनहरूमध्ये १८८ वटा आवेदन स्वीकृत भएका थिए । त्यसमा पनि शुक्रबार सिफारिस समितिले सर्टलिस्ट सार्वजनिक गरेको हो ।
मन्त्रालयले त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयका लागि आवेदन माग गरेको थियो ।
The post ८ विश्वविद्यालयका उपकुलपति छान्न ‘सर्टलिस्ट’ सार्वजनिक appeared first on RONB post.