ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results Result

छात्रवृत्ति छनोट परीक्षामा ३३१ जनाको पुनर्योग गर्न निवेदन

Inquiry Nepal Inquiry Nepal June 3, 2026 at 10:00 PM 38 views
<p>काठमाडौं । छात्रवृत्ति छनोट परीक्षाको प्रारम्भिक नतिजापछि ३३१ जना विद्यार्थीले पुनर्योग गर्न र ९६ जना विद्यार्थीले विवरण सच्याउन माग राखेर आवेदन दिएका छन् । ओएमआर सिटलाई कम्प्युटर प्रणालीबाट र म्यानुअल रूपमा पुनर्योगपछि बिहीबार बिहानसम्ममा अन्तिम योग्यता क्रम प्रकाशन हुने महानगर शिक्षा विभागले जानकारी दिएको छ । शिक्षा विभागले १७ गते सम्पन्न परीक्षाको १८ गते बिहान [&#8230;]</p> <p>The post छात्रवृत्ति छनोट परीक्षामा ३३१ जनाको पुनर्योग गर्न निवेदन appeared first on RONB post.</p>

काठमाडौं । छात्रवृत्ति छनोट परीक्षाको प्रारम्भिक नतिजापछि ३३१ जना विद्यार्थीले पुनर्योग गर्न र ९६ जना विद्यार्थीले विवरण सच्याउन माग राखेर आवेदन दिएका छन् ।

ओएमआर सिटलाई कम्प्युटर प्रणालीबाट र म्यानुअल रूपमा पुनर्योगपछि बिहीबार बिहानसम्ममा अन्तिम योग्यता क्रम प्रकाशन हुने महानगर शिक्षा विभागले जानकारी दिएको छ ।

शिक्षा विभागले १७ गते सम्पन्न परीक्षाको १८ गते बिहान प्रारम्भिक नतिजा प्रकाशन गर्दै योग्यता क्रममा चित्त नबुझे पुनर्योग गराउन तथा विवरण सच्याउन जेठ २० गते बेलुका पाँच बजे सम्मको अवधि दिएको थियो ।

यस अवधिमा विवरण सच्याउनसहित विभिन्न माग राखेर विद्यार्थीहरूले आवेदन दिएका शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काले जानकारी दिए ।

खड्काका अनुसार विवरण सच्याउन आवेदन दिएकामध्ये ६६ जनाले आफू छात्रा भएको तर अनलाइन फाराम भर्दा छात्र भएकाले सच्याइ पाउन निवेदन दिए ।

यसैगरी ११ जना विद्यार्थीले फाराम भर्दा पहिलो नाम, बिचको नाम, थर, क्लष्टर गलत चयन गरेकाले सच्याउन माग गरेको खड्काको भनाइ छ ।

केही विद्यार्थीले आफूले फाराम भर्दा छानेको विषय र विद्यालय परिवर्तन गराइदिन माग गरेर समेत निवेदन दिए। समितिका सदस्य सचिव खड्काका अनुसार, यी मागहरू सम्बोधन गर्ने व्यवस्था छैन ।

सोही योग्यता क्रमका आधारमा पहिलो चरणको मनोनयन हुनेछ । उनले भने,’ “हामी पुनर्योगको प्रक्रियामा छौँ । विगत वर्षहरूमा पुनर्योगमा त्रुटि देखिएको अनुभव छैन । ओएमआर सिटको कम्प्युटर प्रणालीबाट परीक्षण हुने भएकाले गलत नतिजा आउने सम्भावना न्यून रहन्छ ।”

कामपाले लिएको यस वर्षको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएको कामपाको भनाइ छ । रासस

The post छात्रवृत्ति छनोट परीक्षामा ३३१ जनाको पुनर्योग गर्न निवेदन appeared first on RONB post.

results election 2082