ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
‘फिल्ड’ मा गृहमन्त्री अर्याल, तार्केश्वर पुगेर भने- ढुक्क भएर मतदान गर्नुस्
2082 General Election

‘फिल्ड’ मा गृहमन्त्री अर्याल, तार्केश्वर पुगेर भने- ढुक्क भएर मतदान गर्नुस्

Inquiry Nepal Inquiry Nepal March 4, 2026 at 4:25 PM 54 views
गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न निर्वाचनको पूर्वसन्ध्यामा काठमाडौंको तार्केश्वरस्थित मतदान स्थलको स्थलगत निरीक्षण गरेका छन्।...

गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न निर्वाचनको पूर्वसन्ध्यामा काठमाडौंको तार्केश्वरस्थित मतदान स्थलको स्थलगत निरीक्षण गरेका छन्।

उनले बुधबार काठमाडौं क्षेत्र नं-६ अन्तर्गतको मतदान केन्द्रमा पुगी सुरक्षा व्यवस्था र तयारीको जायजा लिएका हुन्।

अनुगमनमा गृहसचिव राजकुमार श्रेष्ठ, काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेल तथा सुरक्षा निकायका उच्च अधिकारीहरू सहभागी थिए।

टोलीले मतदान केन्द्रको सुरक्षा प्रबन्ध, मतदाताको सहज आवागमन र अन्य व्यवस्थापकीय पक्षको अवलोकन गरेको छ।

सो क्रममा गृहमन्त्री अर्यालले निर्वाचन सुरक्षाको सम्पूर्ण तयारी पूरा भइसकेकाले निर्धक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरे।

स्थानीयसँग कुराकानी गर्दै उनले भने, ‘सुरक्षाको पूर्ण ग्यारेन्टी छ, ढुक्क भएर आफ्नो मताधिकार प्रयोग गर्नुस्।’

उनले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई आ-आफ्नो जिम्मेवारी कुशलतापूर्वक पालना गर्न र उच्च सतर्कतामा रहन निर्देशनसमेत दिएका छन्।

गृह मन्त्रालयले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना-२०८२’ अनुसार सुरक्षा रणनीति कार्यान्वयन भइरहेको जनाएको छ।

मन्त्रालयमा दैनिक बस्ने केन्द्रीय सुरक्षा समितिको बैठकले सुरक्षा अवस्थाको समीक्षा गर्दै आवश्यक जनशक्ति परिचालन र समन्वयलाई प्रभावकारी बनाएको मन्त्रालयको भनाइ छ।

election election 2082