ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
विपक्षीको अवरोधपछि संसद बैठक २५ गतेसम्मका लागि स्थगित
2082 General Parties

विपक्षीको अवरोधपछि संसद बैठक २५ गतेसम्मका लागि स्थगित

Inquiry Nepal Inquiry Nepal June 2, 2026 at 3:47 PM 24 views
काठमाडौं। प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ। सभामुख डोलप्रसाद अर्यालले सदनमा जारी अवरोधका कारण बैठक आगामी जेठ २५ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको जानकारी दिएका हुन्। आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक विपक्षी दलहरूको विरोधका कारण करिब दुई घण्टा ढिलो गरी सुरु भएको थियो। तर सदनको अवरोध कायम रहेपछि बैठक सञ्चालन हुन […]

काठमाडौं।

प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ। सभामुख डोलप्रसाद अर्यालले सदनमा जारी अवरोधका कारण बैठक आगामी जेठ २५ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको जानकारी दिएका हुन्।

आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक विपक्षी दलहरूको विरोधका कारण करिब दुई घण्टा ढिलो गरी सुरु भएको थियो। तर सदनको अवरोध कायम रहेपछि बैठक सञ्चालन हुन नसकी फेरि स्थगित गर्नुपरेको हो।

प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले हालै दिएको ‘नेपालले पनि भारतीय सीमा मिचेको छ’ भन्ने अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले संसदमा निरन्तर विरोध जनाउँदै आएका छन्। उक्त विषयमा प्रधानमन्त्रीले थप स्पष्ट जवाफ दिनुपर्ने र सदनमा उपस्थित भएर माफी माग्नुपर्ने माग विपक्षीहरूको छ।

आइतबारयता लगातार संसद अवरुद्ध हुँदै आएको छ। सरकार र विपक्षी दलबीच सहमति जुट्न नसक्दा प्रतिनिधि सभाको नियमित कार्यसूची प्रभावित बनेको छ।

विपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै आफ्नो अडान कायम राखेका छन् भने सदनको गतिरोध अन्त्यका लागि दलहरूबीच छलफल जारी रहेको बताइएको छ।

parties election 2082