ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

सगरमाथा आरोण गरेका सांसद मिङ्मा ग्याबु शेर्पा सम्मानित

Inquiry Nepal Inquiry Nepal June 2, 2026 at 12:35 PM 22 views
<p>काठमाडौं । संघीय संसदको लोगो अंकित झण्डासहित विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेका प्रतिनिधिसभा सदस्य मिङ्मा ग्याबु शेर्पालाई सम्मान गरिएको छ । संघीय संसद सचिवालयमा आज आयोजित विशेष कार्यक्रममा सांसद शेर्पालाई सभामुख डोलप्रसाद अर्याल तथा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सम्मानपत्रसहित सम्मान गरेका हुन् । ‘मिङ्मा डेभिड’ नामले समेत चिनिने शेर्पा राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक [&#8230;]</p> <p>The post सगरमाथा आरोण गरेका सांसद मिङ्मा ग्याबु शेर्पा सम्मानित app...

काठमाडौं । संघीय संसदको लोगो अंकित झण्डासहित विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेका प्रतिनिधिसभा सदस्य मिङ्मा ग्याबु शेर्पालाई सम्मान गरिएको छ ।

संघीय संसद सचिवालयमा आज आयोजित विशेष कार्यक्रममा सांसद शेर्पालाई सभामुख डोलप्रसाद अर्याल तथा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सम्मानपत्रसहित सम्मान गरेका हुन् ।

‘मिङ्मा डेभिड’ नामले समेत चिनिने शेर्पा राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद हुन् ।

उनले सगरमाथाको शिखरमा संघीय संसदको झण्डा फहराउन पाउँदा आफूलाई गर्व महसुस भएको उल्लेख गरे । कार्यक्रममा शेर्पाले हिमालय आरोहण आफूलाई नौलो विषय नभएको बताए ।

सगरमाथा १० औं पटक, ८ हजार मिटरभन्दा माथिका हिमाल ३६ औंपटक र संसारभरी हिमाल सबै जोड्दा लगभग ७० वटा हिमाल आरोहण गरेको उनले जानकारी दिए ।

The post सगरमाथा आरोण गरेका सांसद मिङ्मा ग्याबु शेर्पा सम्मानित appeared first on RONB post.

parties election 2082