ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन प्रतिपक्षी दलहरूको माग
2082 General Parties

प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन प्रतिपक्षी दलहरूको माग

Inquiry Nepal Inquiry Nepal June 1, 2026 at 2:41 PM 24 views
विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार प्रतिनिधि सभामा दिएको भारत–नेपाल सीमासम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।...

विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार प्रतिनिधि सभामा दिएको भारत–नेपाल सीमासम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

उनीहरूले उक्त भनाइ पुष्टि गर्ने आधार र प्रमाण प्रस्तुत गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन्, अन्यथा संसद्को अभिलेखबाट हटाउनुपर्ने माग गरेका छन्।

बैठकको सुरुवातमै नेपाली कांग्रेसका सचेतक निष्कल राई, नेकपा एमालेका प्रमुख सचेतक ऐन महर तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले प्रधानमन्त्रीको भनाइबारे स्पष्टता आवश्यक रहेको बताएका थिए।

सांसदहरूको भनाइ अनुसार प्रधानमन्त्रीको अभिव्यक्तिले देशको छविमा असर पारेको महसुस भएको छ। उनीहरूले यदि प्रधानमन्त्रीले उठाएको विषय तथ्यमा आधारित हो भने नेपालले भारतको भूमि अतिक्रमण गरेको भनिएका स्थानहरूको विस्तृत विवरण सार्वजनिक गर्नुपर्ने बताएका छन्।

विपक्षी नेताहरूले संसद् जस्तो महत्वपूर्ण मञ्चमा गरिने अभिव्यक्ति प्रमाण र तथ्यमा आधारित हुनुपर्ने भन्दै सरकारसँग आवश्यक स्पष्टीकरणको माग गरेका छन्।

parties election 2082