ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
श्रीलङ्कालाई पराजित गर्दै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा
2082 General Results Result

श्रीलङ्कालाई पराजित गर्दै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा

Inquiry Nepal Inquiry Nepal May 31, 2026 at 7:16 PM 50 views
<p>काठमाडौँ । भारतको गोवास्थित पण्डित जवाहारलाल नेरु रंगशालामा सम्पन्न समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले श्रीलंकामाथि २–० गोलको जीत निकाल्यो । नेपाल समूह ‘बी’को शीर्ष स्थान रहयो । साफ महिला च्यम्पियनसिप फुटबल प्रतियोगितामा समूह विजेता रहँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । दुई खेल खेलेको नेपालले शतप्रतिशत नतिजा निकाल्दै ६ अङ्कका साथ समूह विजेत बनेको [&#8230;]</p> <p>The post श्रीलङ्कालाई पराजित गर्दै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्र...

काठमाडौँ । भारतको गोवास्थित पण्डित जवाहारलाल नेरु रंगशालामा सम्पन्न समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले श्रीलंकामाथि २–० गोलको जीत निकाल्यो । नेपाल समूह ‘बी’को शीर्ष स्थान रहयो । साफ महिला च्यम्पियनसिप फुटबल प्रतियोगितामा समूह विजेता रहँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।

दुई खेल खेलेको नेपालले शतप्रतिशत नतिजा निकाल्दै ६ अङ्कका साथ समूह विजेत बनेको हो । नेपालले समूहचरणको आफ्नो पहिलो खेलमा भुटानलाई १–० गोलअन्तरले पराजित गरेको थियो ।

त्यसैगरी समूह ‘बी’बाट भुटान उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको छ । भुटानले तीन अङ्क बटुल्दै प्रतियोगिताको उपविजेता बन्दै सेमिफाइनमा पुगेको हो ।

आजको खेलमा नेपालका लागि रस्मिकुमारी घिसिङ र रेनुका नगरकोटीले समान एक-एक गोल गरे । रस्मिले खेलको पहिलो हाफमा गोल गरिन भने रेनुकाले खेलको दोस्रो हाफमा गोल थपिन् । खेलको पहिलो हाफको अतिरिक्त समयमा रस्मिले पेनाल्टी एरियाभित्र रेखा पौडेलले दिएको पासलाई सदुपयोग गर्दै गोल गरिन् ।

त्यस्तै खेलको ६०औँ मिनेटमा रेनुकाले गोल गरिन् । उनले पेनाल्टी एरिया बाहिरबाट प्रहार गरेको बलले जाली चुमेको थियो । आजको हारसँगै श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ ।

The post श्रीलङ्कालाई पराजित गर्दै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

results election 2082