ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

रास्वपाकी सांसद आशिका तामाङले झन्डै कुटिन प्रतिपक्ष दलका सांसदलाई

Inquiry Nepal Inquiry Nepal May 31, 2026 at 2:49 PM 17 views
काठमाडौं l जारी प्रतिनिधि सभा बैठकमा रास्वपाकी सांसद आशिका तामाङ आक्रोशित रूपमा प्रस्तुत भएकी छन्। प्रधानमन्त्री बालेन्द्र शाहले आकस्मिक रूपमा प्रश्नहरूको जवाफ दिएर बैठक कक्षबाट बाहिरिएपछि विपक्षी दलका सांसदहरूले नियमापत्ति जनाइरहेका बेला तामाङ आक्रोशित बनेकी हुन्। उनी आफ्नो सिटबाट उठेर अगाडिको लहरतर्फ अघि बढेपछि सहकर्मी सांसदहरूले उनलाई रोकेका थिए। उनलाई रास्वपाकी सांसदहरू रञ्जु दर्शना, ज्वाला […]

काठमाडौं l जारी प्रतिनिधि सभा बैठकमा रास्वपाकी सांसद आशिका तामाङ आक्रोशित रूपमा प्रस्तुत भएकी छन्।

प्रधानमन्त्री बालेन्द्र शाहले आकस्मिक रूपमा प्रश्नहरूको जवाफ दिएर बैठक कक्षबाट बाहिरिएपछि विपक्षी दलका सांसदहरूले नियमापत्ति जनाइरहेका बेला तामाङ आक्रोशित बनेकी हुन्।

उनी आफ्नो सिटबाट उठेर अगाडिको लहरतर्फ अघि बढेपछि सहकर्मी सांसदहरूले उनलाई रोकेका थिए। उनलाई रास्वपाकी सांसदहरू रञ्जु दर्शना, ज्वाला संग्रौला र भूमिका श्रेष्ठ लगायतले हात समातेर रोकेका थिए।

parties election 2082