ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

‘जनतासँग गरेका वाचा पुरा गर्छौँ’- रास्वपा महामन्त्री शाह

Inquiry Nepal Inquiry Nepal May 30, 2026 at 9:05 PM 32 views
<p>भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी नेतृत्वको सरकारले देश विकास गर्नेमा ढुक्क रहन आग्रह गरेका छन् ।चितवनमा शनिबार आयोजित कार्यक्रममा उनले चुनावी वाचापत्रअनुसार आगामी आर्थिक वर्षको बजेट ल्याएकाले जनतालाई गरेको वाचाअनुसार काम गर्न आफूहरू प्रतिबद्ध रहेको बताए । महामन्त्री शाहले भने,“सरकारले पार्टीले तयार पारेको वाचापत्रलाई प्रतिबद्धता पत्रमा ढाल्यो, त्यसअनुसार बजेटको व्यवस्था [&#8230;]</p> <p>The post &#8216;जनतासँग गरेका वाचा पुरा गर्छौँ&#8217;- रास...

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी नेतृत्वको सरकारले देश विकास गर्नेमा ढुक्क रहन आग्रह गरेका छन् ।
चितवनमा शनिबार आयोजित कार्यक्रममा उनले चुनावी वाचापत्रअनुसार आगामी आर्थिक वर्षको बजेट ल्याएकाले जनतालाई गरेको वाचाअनुसार काम गर्न आफूहरू प्रतिबद्ध रहेको बताए ।

महामन्त्री शाहले भने,“सरकारले पार्टीले तयार पारेको वाचापत्रलाई प्रतिबद्धता पत्रमा ढाल्यो, त्यसअनुसार बजेटको व्यवस्था गरिएको छ । अब त्यसलाई विकासमा ढाल्नका लागि अगाडि बढिरहेको छ। हामीले सफा नियतका साथ काम गरिएका छौँ । जनतासँग गरेका वाचा पूरा गर्न पार्टी र सरकार प्रतिबद्ध छ ।”
पार्टी राजनीतिमा दुई किसिमका गुणको सङ्घर्ष हुने गरेको भन्दै पार्टी र देशलाई माया गर्ने गुणलाई साथमा लिएर हिँड्नुपर्नेमा जोड दिए। पार्टीमा योगदान दिने र काम गरिरहने वर्गलाई नथाक्न उनको आग्रह छ ।

सबल पार्टी बनेमा कम्तीमा दुई/तीन दशक देशको नेतृत्व गर्ने दाबी गर्दै त्यसैले पार्टी बलियो बनाउने बेला आएको बताए । महामन्त्री शाहले भने, “अहिले पार्टी निर्माण गर्ने बेला हो, यस अभियानमा योगदान दिनेलाई पार्टीले सोहीअनुसार अवसर दिन्छ । पार्टी महाधिवेशनमा होमिएको छ, चुस्त र बलियो सङ्गठन बनाउन सबैले मेहनत गरौँ ।” रासस

The post ‘जनतासँग गरेका वाचा पुरा गर्छौँ’- रास्वपा महामन्त्री शाह appeared first on RONB post.

parties election 2082