ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
नेकपा स्थानीय तह विभागको प्रशिक्षण सम्पन्नः ८४ को निर्वाचन लक्षित १० बुँदे कार्यदिशा पारित
2082 General Parties

नेकपा स्थानीय तह विभागको प्रशिक्षण सम्पन्नः ८४ को निर्वाचन लक्षित १० बुँदे कार्यदिशा पारित

Inquiry Nepal Inquiry Nepal May 28, 2026 at 6:28 PM 16 views
काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) स्थानीय तह विभागको आयोजनामा सञ्चालित ‘स्थानीय तह जनप्रतिनिधि राष्ट्रिय प्रशिक्षण भेला २०८३’ १० बुँदे कार्यदिशा पारित गर्दै सम्पन्न भएको छ । जेठ १३ र १४ गते आयोजित उक्त दुई दिने भेलाले आगामी २०८४ सालको निर्वाचनलाई लक्षित गर्दै पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूका लागि विशेष मार्गनिर्देशन तय गरेको हो । भेलाले […]

काठमाडाैं ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) स्थानीय तह विभागको आयोजनामा सञ्चालित ‘स्थानीय तह जनप्रतिनिधि राष्ट्रिय प्रशिक्षण भेला २०८३’ १० बुँदे कार्यदिशा पारित गर्दै सम्पन्न भएको छ ।

जेठ १३ र १४ गते आयोजित उक्त दुई दिने भेलाले आगामी २०८४ सालको निर्वाचनलाई लक्षित गर्दै पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूका लागि विशेष मार्गनिर्देशन तय गरेको हो । भेलाले पारित गरेको कार्यदिशामा स्थानीय सरकारलाई जनताको घरदैलोको सरकारका रूपमा स्थापित गर्दै जनसेवामा समर्पित हुने प्रतिवद्धता व्यक्त गरिएको छ ।

यस वर्षलाई ‘कार्यसम्पादन केन्द्रित वर्ष’ का रूपमा मनाउने निर्णय गर्दै अधुरा योजनाहरूलाई प्राथमिकताका साथ सम्पन्न गर्ने नीति लिइएको छ । यस्तै, सेवा प्रवाहलाई छिटो, सरल र प्रविधिमैत्री बनाउँदै सुशासन, वित्तीय अनुशासन र बेरुजु व्यवस्थापनमा कडाइ गरिने कार्यदिशामा उल्लेख छ ।

पार्टीका नेता अग्निप्रसाद सापकोटाकाअनुसार भेला मुख्यतः विचार, विधि, प्रविधि र संगठन गरी चारवटा एजेन्डामा केन्द्रित थियो । निर्वाचनको रणनीतिका सम्बन्धमा बोल्दै नेता सापकोटाले पार्टीले शुरुमा आन्तरिक सुदृढीकरण र संगठन समायोजनलाई पूर्णता दिने जानकारी दिनुभयो ।

अन्य नयाँ राजनीतिक शक्तिहरूसँग स्वस्थ प्रतिष्पर्धा गर्न पार्टी तयार रहेको र जनताका अपेक्षा पूरा गर्न अधिकतम प्रयत्न गरिने उहाँको भनाइ थियो । सापकोटाले पार्टीको वर्ग दृष्टिकोणमा केही कमजोरी भएको स्वीकार गर्दै अबका दिनमा दलित, महिला, आदिवासी जनजाति र सुकुम्बासीका मुद्दामा थप एकाकार भएर अघि बढ्ने प्रतिवद्धता जनाउनु भयो । यसैबीच, गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने र कार्यक्रममा सहभागी नहुने भन्ने विषयमा टिप्पणी गर्दै नेता सापकोटाले यसलाई ‘अस्वाभाविक’ कदमको संज्ञा दिनुभयो । यस्तो कार्यले गणतन्त्र पक्षधर जनताको भावनामा चोट पुग्ने उहाँको तर्क थियो ।

काठमाडौंमा सम्पन्न उक्त भेलामा सातै प्रदेशका इन्चार्ज, संयोजक, पार्टीका तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख, नगरपालिकाका प्रमुख तथा गाउँपालिकाका अध्यक्षहरूसहित करिब १५० जनाको सहभागिता रहेको थियो ।

भेलाले प्रत्येक स्थानीय तहमा नमुना र उदाहरणीय कार्य गर्दै समाजवादउन्मुख नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने संकल्प समेत गरेको छ ।

parties election 2082