ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
दुई वर्षमै दोब्बर सुधार : धनगढीका सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ५२.३९ पुग्यो
2082 General Results Result

दुई वर्षमै दोब्बर सुधार : धनगढीका सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ५२.३९ पुग्यो

Inquiry Nepal Inquiry Nepal May 28, 2026 at 7:39 PM 43 views
<p>धनगढी । धनगढी उपमहानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरूको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजामा उल्लेखनीय सुधार देखिएको छ । उपमहानगरपालिकाको शिक्षा तथा खेलकुद शाखाका अनुसार यस वर्ष सामुदायिक विद्यालयतर्फ १ हजार ५४८ विद्यार्थी एसईई परीक्षामा सहभागी भएकामध्ये ८११ जना उत्तीर्ण भएका छन् । यससँगै सामुदायिक विद्यालयहरूको उत्तीर्ण प्रतिशत ५२ दशमलव ३९ पुगेको छ । गत [&#8230;]</p> <p>The post दुई वर्षमै दोब्बर सुधार : धनगढीका सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ५२.३९ पुग्यो app...

धनगढी । धनगढी उपमहानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरूको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजामा उल्लेखनीय सुधार देखिएको छ ।

उपमहानगरपालिकाको शिक्षा तथा खेलकुद शाखाका अनुसार यस वर्ष सामुदायिक विद्यालयतर्फ १ हजार ५४८ विद्यार्थी एसईई परीक्षामा सहभागी भएकामध्ये ८११ जना उत्तीर्ण भएका छन् । यससँगै सामुदायिक विद्यालयहरूको उत्तीर्ण प्रतिशत ५२ दशमलव ३९ पुगेको छ ।

गत वर्ष २०८१ मा सामुदायिक विद्यालयतर्फ ५४ दशमलव ७४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए भने २०८० सालमा यो प्रतिशत २६ दशमलव ९७ मात्रै रहेको थियो। दुई वर्षको तथ्यांक हेर्दा सामुदायिक विद्यालयहरूको नतिजामा उल्लेखनीय सुधार आएको देखिन्छ ।

उपमहानगरपालिकाले पछिल्ला वर्षहरूमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

The post दुई वर्षमै दोब्बर सुधार : धनगढीका सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ५२.३९ पुग्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

results election 2082