ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
दुई वडाध्यक्षको पद किन खोसियो ?
2082 General Commission

दुई वडाध्यक्षको पद किन खोसियो ?

Inquiry Nepal Inquiry Nepal May 28, 2026 at 12:43 PM 19 views
निर्वाचन आयोगले नेपाली कांग्रेसबाट निर्वाचित दुई जना जनप्रतिनिधिलाई पदमुक्त गरेको छ।

निर्वाचन आयोगले नेपाली कांग्रेसबाट निर्वाचित दुई जना जनप्रतिनिधिलाई पदमुक्त गरेको छ।

आयोगले कांग्रेसबाट निर्वाचित भएका दुई जना जनप्रतिनिधिले दल परित्याग गरेपछि उनीहरूको पद रिक्त भएको जनाएको हो।

नेपाली कांग्रेसबाट ०७९ सालमा निर्वाचित भएका दुई वडाध्यक्षको पद खोसिएको छ। स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार भएर निर्वाचित भएका मुसिकोट नगरपालिकाको वडा नं २ का वडाध्यक्ष रविन्द्र केसी र धुर्कोट गाउँपालिकाको वडा नं ३ का वडाध्यक्ष पदमबहादुर बिष्टको पद रिक्त भएको आयोगले जनाएको छ।

आयोगले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ तथा नियमावली, २०७४ बमोजिम सम्बन्धित दलको केन्द्रीय समितिको निर्णयका आधारमा पद रिक्त भएको जनाएको छ।

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको दुवै वडाध्यक्ष अन्य दलमा प्रवेश गरेको निर्णय निर्वाचन आयोगलाई दिएपछि आयोगले दुवै वडाध्यक्षको पद रिक्त रहेको जनाएको हो।

commission election 2082