2082 General
Candidates
रास्वपा परित्याग गरेकी ममता शर्मा कांग्रेसको केन्द्रीय सदस्यमा मनोनयन
Inquiry Nepal
Inquiry Nepal
May 26, 2026 at 10:37 PM
34 views
काठमाडौँ। नेपाली कांग्रेसले ममता शर्मा (बारा)लाई पार्टीको केन्द्रीय सदस्यमा मनोनयन गरेको छ । कांग्रेस सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेकी शर्मालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार सभापति थापाले शर्मालाई पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा ४ को उपधारा […]
काठमाडौँ।
नेपाली कांग्रेसले ममता शर्मा (बारा)लाई पार्टीको केन्द्रीय सदस्यमा मनोनयन गरेको छ ।
कांग्रेस सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेकी शर्मालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् ।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार सभापति थापाले शर्मालाई पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा ४ को उपधारा (१०) (ङ) बमोजिम केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन् ।
candidates
election 2082