ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

सरकारलाई प्रश्न जिबी राईलाई कहिले पक्राउ गर्ने सांसद आर्यन राई

Inquiry Nepal Inquiry Nepal May 26, 2026 at 1:29 PM 21 views
काठमाडौं l श्रम संस्कृति पार्टीका सांसद आरेन राई ले प्रतिनिधि सभाको बैठकको शून्य समयमा सहकारी प्रकरणका मुख्य आरोपित जिबी राईलाई सरकारले कहिले पक्राउ गर्छ भन्ने प्रश्न उठाएका छन्। उनले सहकारी ठगी पीडितलाई राहत दिनुपर्ने बताए पनि त्यसको भार सरकारी ढुकुटीबाट वहन गर्न नहुने धारणा राखे। साथै उनले बाँदर व्यवस्थापन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानबारे […]

काठमाडौं l श्रम संस्कृति पार्टीका सांसद आरेन राई ले प्रतिनिधि सभाको बैठकको शून्य समयमा सहकारी प्रकरणका मुख्य आरोपित जिबी राईलाई सरकारले कहिले पक्राउ गर्छ भन्ने प्रश्न उठाएका छन्।

उनले सहकारी ठगी पीडितलाई राहत दिनुपर्ने बताए पनि त्यसको भार सरकारी ढुकुटीबाट वहन गर्न नहुने धारणा राखे। साथै उनले बाँदर व्यवस्थापन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानबारे पनि सरकारसँग जवाफ मागे।

उनले संसदमा प्रश्न गर्दै भने, “बाँदर व्यवस्थापन कहिले हुन्छ सरकार? सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई सरकार छ भन्ने अनुभूति हुने गरी व्यवस्थापन कहिले हुन्छ? जिबी राई कहिले पक्राउ पर्छन् सरकार?”

parties election 2082