ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
किसानलाई समयमा नै मलको आवश्यक व्यवस्था मिलाउन ध्यानाकर्षण
2082 General Parties Alert

किसानलाई समयमा नै मलको आवश्यक व्यवस्था मिलाउन ध्यानाकर्षण

Inquiry Nepal Inquiry Nepal May 26, 2026 at 1:36 PM 42 views
<p>काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले किसानलाई समयमा नै मलको आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिंहले रोपाईँ सुरु हुने बेला भएकाले सरकारले तत्काल मलको व्यवस्था गर्नुपर्नेमा जोड दिए । उनले सरकारले हालसम्म पनि किसानलाई मल उपलब्धता नगराएको उल्लेख गर्दै असन्तुष्टि व्यक्त [&#8230;]</p> <p>The post किसानलाई समयमा नै मलको आवश्यक व्यवस्था मिलाउन ध्यानाकर्षण appeared first on राजधानी राष...

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले किसानलाई समयमा नै मलको आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिंहले रोपाईँ सुरु हुने बेला भएकाले सरकारले तत्काल मलको व्यवस्था गर्नुपर्नेमा जोड दिए । उनले सरकारले हालसम्म पनि किसानलाई मल उपलब्धता नगराएको उल्लेख गर्दै असन्तुष्टि व्यक्त गरे।

‘म सरकारसँग आग्रह गर्न चाहन्छु कि अब रोपाईंको सिजन सुरु हुने बेला छ। पर्याप्त मलको व्यवस्था सरकारले गरोस्। किनकि, अहिलेसम्म मलको उपलब्धता हुन सकेको छैन,’ सिंहले भने, ‘अब १०–१५ दिन पछि रोपाईंको सिजन सुरु हुन्छ।’

सांसद सिंहले उखु किसानको भुक्तानीमा ढिलाई नगर्न पनि सरकारलाई सचेत गराएका छन्। ‘उखु किसानले अहिलेसम्म चिनी मिलले पैसा दिन सकेको छैन। सरकारले दिने अनुदान पनि उखु किसानले पाउन सकेका छैनन्। यसमा म सरकारको ध्यान आकृष्ट गराउन चाहन्छु कि चाँडै उखु किसानको भुक्तानी होस,’ उनले भने, ‘सरकारले दिने अनुदान पनि चाँडै उपलब्ध होस।’

सांसद सिंहले बागमती नदीको कटानबाट पीडामा परेका नागरिकलाई राहत दिने काममा पनि सररकारलाई प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्।

The post किसानलाई समयमा नै मलको आवश्यक व्यवस्था मिलाउन ध्यानाकर्षण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

parties election 2082