ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
नेपाल मगर सङ्घको अध्यक्षमा रक्षबहादुर रैका मगर
2082 General Election Update

नेपाल मगर सङ्घको अध्यक्षमा रक्षबहादुर रैका मगर

Inquiry Nepal Inquiry Nepal May 26, 2026 at 8:31 AM 24 views
<p>खोटाङ । नेपाल मगर सङ्घको केन्द्रीय अध्यक्षमा रक्षबहादुर रैका मगर निर्वाचित भएका छन् । काठमाडौँमा सोमबार साँझ सम्पन्न मगर सङ्घ केन्द्रीय कार्यसमितिको १३औँ राष्ट्रिय महाधिवेशनमा भएको निर्वाचनमा उनले १९६ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् । महाधिवेशनमा सहभागी ५९८ प्रतिनिधिमध्ये निर्वाचनमा ५७५ जना सहभागी भएका थिए । अध्यक्षका प्रत्यासी तथा निकटतम प्रतिस्पर्धी धनबहादुर पुन मगरले १३३ [&#8230;]</p> <p>The post नेपाल मगर सङ्घको अध्यक्षमा रक्षबहादुर रैका मगर appeared first on राजधानी राष्ट्रिय दैन...

खोटाङ । नेपाल मगर सङ्घको केन्द्रीय अध्यक्षमा रक्षबहादुर रैका मगर निर्वाचित भएका छन् । काठमाडौँमा सोमबार साँझ सम्पन्न मगर सङ्घ केन्द्रीय कार्यसमितिको १३औँ राष्ट्रिय महाधिवेशनमा भएको निर्वाचनमा उनले १९६ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् ।

महाधिवेशनमा सहभागी ५९८ प्रतिनिधिमध्ये निर्वाचनमा ५७५ जना सहभागी भएका थिए । अध्यक्षका प्रत्यासी तथा निकटतम प्रतिस्पर्धी धनबहादुर पुन मगरले १३३ मत प्राप्त गर्नुभएको निर्वाचन मण्डलले जानकारी दिए ।

समितिको वरिष्ठ उपाध्यक्षमा टेकबहादुर नाम्जाली मगर निर्विरोध चयन भएका छन् । साथै उपाध्यक्ष महिलामा सीता रानामगर, खुलातर्फ कविराज मगर र तेजबहादुर आलेमगर, उपाध्यक्ष सांस्कृतिकतर्फ दीपसागर मगर, उपाध्यक्ष मगर ढुटमा हर्क आलेमगर, मगर खाममा जीवन प्रवेश रोकाय मगर र मगर काइकेमा भीम मगर निर्वाचित भएका छन् ।

महासचिवमा होमराज खपाङ्गी मगर, उपमहासचिव महिलातर्फ मञ्जु थापा मगर, उपमहासचिव खुलामा सिद्धान्त जर्घा मगर, खगेन्द्र पुनमगर र हिरूसरा रानामगर निर्वाचित भएका छन् । सचिवमा विष्णुबहादुर रानामगर, सचिव झविन्द्र पुनमगर र तारामाया थापा मगर निर्वाचित भएका छन् ।

साथै कोषाध्यक्षमा पूर्ण राना मगर र सह–कोषाध्यक्षमा गायत्री मगर, लेखा संयोजकमा योवनकुमार राना मगर र निर्वाचन समिति संयोजकमा धर्मबहादुर घर्ती मगर निर्वाचित भएको निर्वाचन मण्डलका सदस्य अधिवक्ता मनोज घर्तीमगरले जानकारी दिए ।

साथै सदस्यहरुमा जुनु पुनमगर, गिरमान गाहा मगर, रमेश पुनमगर, इन्द्र सारू मगर, रमेश थापामगर, महेश राना मगर, तारा राईका मगर र लक्ष्मी मगर निर्वाचित भएका छन् ।

The post नेपाल मगर सङ्घको अध्यक्षमा रक्षबहादुर रैका मगर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

election election 2082