ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
रास्वपा सांसद भट्टराईको गुनासो : अरू भ्रष्ट हुँदा नबोल्नेले मलाई सुन्दर देखिएकै आधारमा आलोचना गरे
2082 General Parties

रास्वपा सांसद भट्टराईको गुनासो : अरू भ्रष्ट हुँदा नबोल्नेले मलाई सुन्दर देखिएकै आधारमा आलोचना गरे

Inquiry Nepal Inquiry Nepal May 24, 2026 at 1:09 PM 21 views
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक सांसद सृष्टि भट्टराईले पछिल्ला दिनहरूमा आफूमाथि भइरहेका आलोचनाहरूलाई लिएर असन्तुष्टि व्यक्त गरेकी छन्।...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक सांसद सृष्टि भट्टराईले पछिल्ला दिनहरूमा आफूमाथि भइरहेका आलोचनाहरूलाई लिएर असन्तुष्टि व्यक्त गरेकी छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले आफूमाथि भइरहेका टीकाटिप्पणीलाई ‘पाखण्डपनको पराकाष्ठा’ को संज्ञा दिएकी छन्।उनले अरू मानिस भ्रष्ट हुँदा केही बोल्न नसक्नेहरूले आफूलाई केवल सुन्दर देखिएकै आधारमा आलोचना गरिरहेको बताएकी छन्।

उनले भनिन्, ‘मलाई पछिल्ला दिनहरूमा आएका आलोचनाहरू सुन्दा अनौठो लाग्ने गरेको छ। अरू भ्रष्ट हुँदा केही बोल्न नसक्ने व्यक्तिले मलाई भने केवल सुन्दर देखिएकै आधारमा (उहाँहरूको स्टेटमेन्ट) आलोचना गरिरहेको छ ! पाखण्डिपनको पराकाष्ठा। अब म आलोचनाको कारण निराश हुने कि, मेरो सुन्दरताले यति धेरै ध्यान तानेकोमा?’

अहिले जवाफदिने ठाउँ (संसद) मा पुगे पनि आफू पनि पहिले प्रश्न गर्ने ठाउँबाटै आएको कुरा नबिर्सन उनले आलोचकहरूलाई सचेत गराएकी छन्। भोलिका दिनमा अन्य नागरिक पनि त्यो ठाउँमा पुग्न सक्ने उल्लेख गर्दै उनले आफ्नो भूमिका, विचार र सोचलाई फराकिलो बनाएर आउन आग्रह गरेकी छन्।

देशमा पछिल्ला वर्षहरूमा भइरहेको अवस्था र बेथितिका कारण नै नयाँ पुस्ता राजनीतिमा आएको उनको भनाइ छ। युवा पुस्ता चुप लागेर नबस्ने स्पष्ट पार्दै उनले भनिन्, ‘देशमा पछिल्ला वर्षबाट भइरहेको अवस्थाले नै नयाँ पुस्ता राजनीतिमा आएका हौं । चुप लागेर बस्ने पुस्तामा पर्दैनौ त्यसको मतलब धेरै बोलिराख्नेमा पनि पर्दैनौं।’

parties election 2082