काठमाडौं । विपक्षी दलले अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको माग गर्दै विपक्षी दलका सांसदहरूले बैठकमा अवरोध गरेका थिए। अवरोधका कारण बैठक सञ्चालन गर्न कठिन भएपछि सभामुख डीपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।
विपक्षी दलले प्रधानमन्त्री संसदमा उपस्थित भएर समसामयिक विषयमा जवाफ दिनुपर्ने माग राख्दै आएका छन्।
The post प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....