ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
निर्देशक समाजको अध्यक्षमा अरुणकुमार प्रधान
2082 General Candidates Result

निर्देशक समाजको अध्यक्षमा अरुणकुमार प्रधान

Inquiry Nepal Inquiry Nepal May 21, 2026 at 9:21 AM 57 views
<p>काठमाडौं । नेपाल चलचित्र निर्देशक समाजको अध्यक्षमा अरुणकुमार प्रधान विजयी भएका छन् । मंललवार राती काठमाडौँमा सम्पन्न १८ औँ साधारण सभा एवम् निर्वाचनबाट उनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । अध्यक्षका अर्का उम्मेदवार जनकदीप पराजुलीलाई हराउँदै प्रधान नयाँ अध्यक्ष बनेका हुन् । समाजको दुई उपाध्यक्षका सुवास प्रसाद गजुरेल र दीपक वली निर्वाचित भएका छन् [&#8230;]</p> <p>The post निर्देशक समाजको अध्यक्षमा अरुणकुमार प्रधान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-R...

काठमाडौं । नेपाल चलचित्र निर्देशक समाजको अध्यक्षमा अरुणकुमार प्रधान विजयी भएका छन् । मंललवार राती काठमाडौँमा सम्पन्न १८ औँ साधारण सभा एवम् निर्वाचनबाट उनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । अध्यक्षका अर्का उम्मेदवार जनकदीप पराजुलीलाई हराउँदै प्रधान नयाँ अध्यक्ष बनेका हुन् ।

समाजको दुई उपाध्यक्षका सुवास प्रसाद गजुरेल र दीपक वली निर्वाचित भएका छन् भने समाजको महासचिवमा समुन्द्र भट्ट विजयी भएकी छिन् । त्यसै गरी, सचिव पदमा राजबहादुर साने र संघको सह कोषाध्यक्षमा उत्सव केसी चयन भएका छन् ।

निर्देशक समाजको कोषाध्यक्ष र कार्यसमिति सदस्य भने निर्विरोध चयन भएका थिए । जस मध्ये कोषाध्यक्ष पदमा जनक खड्का चयन भएका छन् ।

यसै गरी नेपाल चलचित्र समाजको केन्द्रीय सदस्य पदका लागि साकार पन्त, अमर दीप सापकोटा, लक्ष्मण सुवेदी, लक्ष्मण सुनार, शिव शर्मा कँडेल र हस्तबहादुर लिम्बू निर्विरोध चयन छन् । यसै गरी मुख्य सहायक निर्देशकबाट संघको केन्द्रीय सदस्यमा दीप्त प्रकाश अधिकारी र रामकुमार श्रेष्ठ चयन भएका छन् ।

The post निर्देशक समाजको अध्यक्षमा अरुणकुमार प्रधान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

candidates election 2082