ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
निर्धक्क भएर मतदान गर्न महानिरीक्षक कार्कीको अनुरोध
2082 General Election

निर्धक्क भएर मतदान गर्न महानिरीक्षक कार्कीको अनुरोध

Inquiry Nepal Inquiry Nepal March 4, 2026 at 2:41 PM 53 views
मतदानको पूर्वसन्ध्यामा भिडियो सन्देश जारी गरेर उनले देशभरी नै सुरक्षा व्यवस्था कडा पारिएको भन्दै निर्धक्क भएर मतदानमा सहभागी हुन अनुरोध गरेका हुन्।...

नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीले निर्धक्क भएर मतदानमा सहभागी हुन अनुरोध गरेका छन्।

मतदानको पूर्वसन्ध्यामा भिडियो सन्देश जारी गरेर उनले देशभरी नै सुरक्षा व्यवस्था कडा पारिएको भन्दै निर्धक्क भएर मतदानमा सहभागी हुन अनुरोध गरेका हुन्।

एकीकृत सुरक्षा योजना अनुसार नै सुरक्षा निकाय मतदानस्थलमा खटिएको उनले बताए। निर्वाचनलाई आचारसंहित विपरितका काम नगर्न सबैलाई अनुरोध गर्दै उनले त्यसो गरे कानुनअनुसार कारबाही गर्ने चेतावनी पनि दिए।

‘मतदान केन्द्रमा शान्ति सुरक्षामा खलल पुर्‍याउने व्यक्ति वा समुहलाई तुरुन्तै नियन्त्रणमा लिएर कानुन अनुसार कारबाही हुन्छ।’ उनले भने।

हिमाली क्षेत्रमा चिसो हुने र लामो दुरी हिँड्नुपर्ने भएकाले मौसम अनुसारको योजना बनाइएको उनको भनाइ छ।

‘मौसमविद्सँग पनि यसबारेमा छलफल भयो, पानी पर्ने वा हिमपात हुने सम्भावना नदेखिएको जानकारी आएकाले त्यही अनुसारको व्यवस्थापन गरेका छौं।’ उनले भने, ‘निर्वाचन अधिकृत पनि मौसम अनुसार अनुकुल हुनुपर्ने भएकाले सम्बन्धित निर्वाचन क्षेत्रमा खटाइसकेका छौं।’

election election 2082