ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
प्रतिनिधिसभा सदस्य निर्वाचनमा झण्डै ५ अर्ब खर्च
2082 General Commission

प्रतिनिधिसभा सदस्य निर्वाचनमा झण्डै ५ अर्ब खर्च

Inquiry Nepal Inquiry Nepal May 19, 2026 at 8:34 PM 51 views
निर्वाचन आयोगले गत फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको छ।...

निर्वाचन आयोगले गत फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको छ। नेपाल सरकारबाट निर्वाचनका लागि कुल ६ अर्ब ७१ करोड ९२ लाख ८७ हजार २ सय रुपैयाँ बजेट प्राप्त भएकोम ४ अर्ब ९६ करोड ७८ लाख ३९ हजार ४५ रुपैयाँ मात्र निर्वाचन कार्यमा खर्च भएको आयोगले जनाएको छ।

​उक्त निर्वाचनमा कुल मतदाता संख्या १ करोड ८९ लाख ३ हजार ६ सय ८९ रहेको थियो। जसअनुसार कुल मतदाता संख्यालाई आधार मान्दा प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रतिमतदाता औसत २६३ रुपैयाँ खर्च हुन आएको आयोगको तथ्याङ्कले देखाएको छ ।

​आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन सञ्चालन कार्यविधि, २०८२ को दफा ३६ तथा शासकीय सुधार सम्बन्धी कार्ययोजना, २०८२ बमोजिम बजेट निकासा, खर्च, राजस्व र धरौटी सहितको विवरण एकीकृत हिसाबमा खुलाएको हो।

commission election 2082