ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
कलाकार संघमा केसी प्यानलको वर्चश्व अध्यक्षमा उत्तम केसी
2082 General Election Result

कलाकार संघमा केसी प्यानलको वर्चश्व अध्यक्षमा उत्तम केसी

Inquiry Nepal Inquiry Nepal May 19, 2026 at 8:50 AM 46 views
नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा कलाकार उत्तम केसी निर्वाचित भएका छन्।नया नेतृत्वका लागि आइतवार राजधानीमा सम्पन्न संघको केन्द्रीय कार्यसमिति निर्वाचनमा अभिनेता केसी २ सय १६ मत ल्याई अध्यक्ष पदमा विजयी भएका हुन्। कुल ३ सय ५६ मत खसेको निर्वाचनमा केसी ८४ मतान्तरले विजयी भएका हुन्। उनका एक मात्र प्रतिद्वन्द्वी सविन श्रेष्ठले १ सय ३२ […]

नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा कलाकार उत्तम केसी निर्वाचित भएका छन्।
नया नेतृत्वका लागि आइतवार राजधानीमा सम्पन्न संघको केन्द्रीय कार्यसमिति निर्वाचनमा अभिनेता केसी २ सय १६ मत ल्याई अध्यक्ष पदमा विजयी भएका हुन्। कुल ३ सय ५६ मत खसेको निर्वाचनमा केसी ८४ मतान्तरले विजयी भएका हुन्। उनका एक मात्र प्रतिद्वन्द्वी सविन श्रेष्ठले १ सय ३२ मत पाएका थिए।

आइतवार मध्यराती सम्पन्न निर्वाचनको अन्तिम नतिजाअनुसार अधिकांश प्रमुख पदमा उत्तम केसी नेतृत्वको प्यानलका उम्मेदवार विजयी भएका छन्। केसीको प्यानलबाट उपाध्यक्षमा शिवहरि नेपाल (बैरागी) १ सय ४६ मतसहित विजयी भए। अर्को उपाध्यक्ष पदमा पूजना प्रधान १ सय ४४ मतसहित विजयी भइन्। उपाध्यक्ष पदका अन्य उम्मेदवारमध्ये सविनको प्यानलका उम्मेदवार पनाह अधिकारीले १ सय ३५ र उद्धव भट्टराईले १ सय ७ तथा स्वतन्त्र उम्मेदवार डिबी तामाङले १६ र राजेन्द्र बस्नेतले १८ मत पाएका थिए।

महासचिव पदमा उत्तमको प्यानलबाट सुनिल कटुवालले १ सय ९५ मतसहित विजयी ह“ुदै रामेश्वर बुर्लाकोटीलाई ७० मतान्तरले हराए। सचिव पदमा पनि उत्तमको प्यानलका गोपाल ढकाल २ सय १४ मतसहित विजयी हु“दै पल्पसा डंगोललाई १ सय ४ मतले पराजित गरे।

कोषाध्यक्षमा पनि उत्तमकै पक्षका तेजुला (तेजकुमारी) खतिवडा १ सय ४९ मतसहित विजयी भइन्। उनले निटकतम प्रतिद्वन्द्वी पवित्रा आचार्यलाई ४३ मतले पछाडि पारिन्। सह–कोषाध्यक्ष पदमा भने सविन श्रेष्ठ प्यानलका पवन केसी १ सय ६१ मतसहित विजयी हुदै उत्तमको पक्षकी गीता नेपाल शारदालाई ८ मतले पराजित गरे।

यस निर्वाचनमा सदस्य पदबाहेकका ७ मध्ये ६ पदमा उत्तम केसी नेतृत्वको प्यानल विजयी भएको छ भने केवल एक पद सह–कोषाध्यक्षमा सविन श्रेष्ठ प्यानलले सफलता हात पारेको छ। सदस्य पदमा भने उत्तमको प्यानलबाट इन्द्रबहादुर लामा (खम्बे), चन्द्रकला (मोनिका) दाहाल, चन्द्रकला राई (संगम), जीवन थापा, दमन रुपाखेती र श्रीदेव भट्टराई तथा सविन श्रेष्ठ प्यानलबाट छुल्ठिम गुरुङ, नवीनकुमार श्रेष्ठ, रश्मि भट्ट र सुलेमान इकु विजयी भए। सदस्य पदका १० मध्ये ६ जना उत्तम केसी प्यानलबाट र ४ जना सविन श्रेष्ठ प्यानलबाट विजयी भएका छन्।

नया कार्यसमितिको ७ पदका लागि १५ जना तथा १० सदस्य पदका लागि १८ जनाले उम्मेदवारी दिएका थिए। संघको विधानअनुसार निर्वाचनपछि निर्वाचित कार्यसमितिले थप १ जना उपाध्यक्ष र ३ जना सदस्य मनोनित गर्ने व्यवस्था छ। यस निर्वाचनमा संघका २ सय २१ साधारण सदस्य र ३ सय २५ आजीवन सदस्य गरी कुल ५ सय ४६ मतदाता मतदानका लागि योग्य थिए। तीमध्ये ३ सय ५६ मत खसेको थियो। निर्वाचनमा अधिवक्ता कृष्ण ढुंगाना प्रमुख निर्वाचन अधिकृत रहेका थिए।

election election 2082