ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
राप्रपाको मुख्यसचिवमा प्रा. डा. जयन्तनाथ खनाल नियुक्त
2082 General Candidates

राप्रपाको मुख्यसचिवमा प्रा. डा. जयन्तनाथ खनाल नियुक्त

Inquiry Nepal Inquiry Nepal May 17, 2026 at 5:26 PM 44 views
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रा.डा. जयन्तनाथ खनाललाई पार्टीको मुख्यसचिव पदमा नियुक्त गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको विधानबमोजिम प्रा.डा. खनाललाई पार्टीको मुख्यसचिव पदमा मनोनयन गरेको पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन् । प्रा.डा. खनाल लामो समय त्रिभुवन विश्वविद्यालयमा कार्यरत थिए । उनी हाल पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य […]

काठमाडौँ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रा.डा. जयन्तनाथ खनाललाई पार्टीको मुख्यसचिव पदमा नियुक्त गरेको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको विधानबमोजिम प्रा.डा. खनाललाई पार्टीको मुख्यसचिव पदमा मनोनयन गरेको पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

प्रा.डा. खनाल लामो समय त्रिभुवन विश्वविद्यालयमा कार्यरत थिए । उनी हाल पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य एवं पार्टी सम्बद्ध प्राज्ञिक परिषद्को अध्यक्ष समेत छन् । शैक्षिक क्षेत्रमा लामो समय योगदान दिएका खनाल त्रिभुवन विश्वविद्यालयमा लामो अवधिसम्म अध्यापन तथा प्रशासनिक कार्यमा संलग्न रहेको पनि जनाइएको छ।

candidates election 2082