ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
शव श्रद्धाञ्जलीलाई सम्मानित बनाउँदै सविन श्रेष्ठ
2082 General Candidates Update

शव श्रद्धाञ्जलीलाई सम्मानित बनाउँदै सविन श्रेष्ठ

Inquiry Nepal Inquiry Nepal May 17, 2026 at 5:10 PM 66 views
<p>काठमाडौं । नेपाल चलचित्र कलाकार संघको निर्वाचनको पूर्व सन्ध्यामा अध्यक्षका उम्मेदवार एवम् अभिनेता सविन श्रेष्ठ शव विश्राम व्यवस्थापन अभियानमा छन् । कलाकारहरूको निधन हुँदा पशुपति क्षेत्रमा शवलाई जमिनमै राखेर अन्तिम श्रद्धाञ्जली दिँदै आएको दृश्य विगतमा सविनलाई मन परेको थिएन । अब यस्ता शवले सम्मानित रूपमा श्रद्धाञ्जलीको अवसर पाउन भन्दै अभिनेता सविनये अन्तिम श्रद्धाञ्जली अर्पण गर्न [&#8230;]</p> <p>The post शव श्रद्धाञ्जलीलाई सम्मानित बनाउँदै सविन श्रेष्ठ appeared first on राजधानी राष्ट्रिय दै...

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको निर्वाचनको पूर्व सन्ध्यामा अध्यक्षका उम्मेदवार एवम् अभिनेता सविन श्रेष्ठ शव विश्राम व्यवस्थापन अभियानमा छन् । कलाकारहरूको निधन हुँदा पशुपति क्षेत्रमा शवलाई जमिनमै राखेर अन्तिम श्रद्धाञ्जली दिँदै आएको दृश्य विगतमा सविनलाई मन परेको थिएन । अब यस्ता शवले सम्मानित रूपमा श्रद्धाञ्जलीको अवसर पाउन भन्दै अभिनेता सविनये अन्तिम श्रद्धाञ्जली अर्पण गर्न आवश्यक सामग्री (कर्रा) पशुपति विकास क्षेत्र कोषलाई हस्तान्तरण गरेका छन् ।

सविनये आफ्नी पत्नी एवम् अभिनेत्री अनु शाहसँग मिलेर बनाएको सो कर्रा शुक्रवार अपराह्न पशुपति विकास क्षेत्र कोषका अधिकृत सूर्य भाटलाई हस्तान्तरण गरे । विगतमा महिलाहरूलाई स्कुल स्कुल पुगेर स्यानिटरी प्याड वितरणदेखि अनाथ, अपांग बालबालिकालाई आर्थिक तथा जिन्सी सहयोग प्रदान गर्दै आएका सविनये यति बेला यस्तो सहयोग गरेका हुन् ।

हुन त उनको यो सहयोगलाई अरू कलाकारहरूले चुनावी प्रचारको रूपमा पनि लिएका छन् । तर सविनले यो विशुद्ध सामाजिक कार्य भएको र यसको निर्वाचनसँग कुनै सम्बन्ध नभएको बताए । यस’bout उनले भने,‘कलाकर्मीको निधन हुँदा श्रद्धाञ्जली अर्पण गर्न कहिले कुर्सी, कहिले अन्य सामग्री खोज्नुपर्ने समस्याले मलाई दुःखी बनाउने गरेको थियो । सोही कारण आफू अग्रसर भएर कर्रा निर्माण गरेर मैले आज हस्तान्तरण गरेको हुँ ।’

The post शव श्रद्धाञ्जलीलाई सम्मानित बनाउँदै सविन श्रेष्ठ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

candidates election 2082