ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
देशै टप्ने सिन्धुली फिक्कलका सामुदायिक विद्यालयको नतिजा
2082 General Results Result

देशै टप्ने सिन्धुली फिक्कलका सामुदायिक विद्यालयको नतिजा

Inquiry Nepal Inquiry Nepal May 15, 2026 at 9:34 AM 51 views
<p>सिन्धुली । जिल्लाको फिक्कल गाउँपालिकाले एसइइमा उत्कृट नतिजा ल्याएको छ । फिक्कल गाउँपालिका भित्र रहेका सबै सामुदायिक विद्यालयहरुको नतिजा उत्कृष्ट छ । १३ वटा सामुदायिक विद्यालय रहेको फिक्कलमा सबै विद्यालयको नतिजा उत्कृष्ट छ । गाउँपालिकाभित्रको समग्र नतिजा ९१.५७ प्रतिशत रहेको छ । जिल्ला र देशभरको रिजल्टभन्दा पालिकाका सबै विद्यालयको नतिजा धेरै छ । उत्कृष्ट नतिजा [&#8230;]</p> <p>The post देशै टप्ने सिन्धुली फिक्कलका सामुदायिक विद्यालयको नतिजा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय...

सिन्धुली । जिल्लाको फिक्कल गाउँपालिकाले एसइइमा उत्कृट नतिजा ल्याएको छ । फिक्कल गाउँपालिका भित्र रहेका सबै सामुदायिक विद्यालयहरुको नतिजा उत्कृष्ट छ । १३ वटा सामुदायिक विद्यालय रहेको फिक्कलमा सबै विद्यालयको नतिजा उत्कृष्ट छ । गाउँपालिकाभित्रको समग्र नतिजा ९१.५७ प्रतिशत रहेको छ । जिल्ला र देशभरको रिजल्टभन्दा पालिकाका सबै विद्यालयको नतिजा धेरै छ ।

उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई गाउँपालिकाको सम्मान

एसइइमा सिन्धुली जिल्लाको नतिजा ६७.०७ प्रतिशत, बागमती प्रदेशको नतिजा ७८.०३ प्रतिशत र नेपालभरीको ६५.९८ प्रतिशत नजिता रहेको छ । फिक्कलको नतिजा जिल्लाका अन्य आठ स्थानीय तहभन्दा उत्कृष्ट रहेको छ ।

१३ सामुदायिक विद्यालयमध्ये ६ वटा सामुदायिक विद्यालयका सतप्रतिशत विद्यार्थी एसईईमा उत्तिर्ण भएका छन् । सत प्रतिशत नतिजा ल्याउने विद्यालयहरुमा फिक्कल मावि सोल्पाभञ्ज्याङ, मावि रातमाटा खोलागाउँ, चण्डिका मावि चनौटे, प्रकाशोदय मावि खुरहरी खोलागाउँ, मावि सुम्नामसुन्तले चण्डिभञ्ज्याङ र मावि काउलेडाँडा रहेका छन् ।

यस्तै मावि महादेवडाँडाका ९७.३० प्रतिशत विद्यार्थी एसइइमा पास भएका छन् । महाकाली मावि पोटी खाङसाङका ९२ प्रतिशत, मावि लुम्तीका ९०.९१ प्रतिशत, रत्नगंगा मावि सोखु डिहिटारका ८६.६७ प्रतिशत, सुनकोशी मावि खाङसाङका ८६.६७ प्रतिशत, जनजागृति मावि ढोडेनीका ८० प्रतिशत र मावि सालुकेका ६८.४२ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।

सामुदायिक विद्यालय मात्र रहेको यो स्थानीय तहमा उत्कृष्ट हुने विद्यार्थीले ३.७१ जिपिए प्राप्त गरेका छन् । मावि सुम्नाम सुन्तले चण्डीभञ्ज्याङकी दिपिका सुनुवार ३.७१ जिपिए अंक सहित फिक्कल गाउँपालिका भित्रकै उत्कृष्ट नजिता प्राप्त गर्ने विद्यार्थी बनेकी छिन् । यस्तै ३.५६ जिपिए सहित महाकाली मावि पोटी खाङसाङका छात्र सन्देश मगर दोस्रो भएका छन् ।

यो वर्ष ३३९ जना विद्यार्थी एसइइमा सहभागि भएका थिए । जसमध्य् २७ जना विद्यार्थी नन ग्रेडिङमा परेका छन् । एसइइमा गत वर्ष पनि फिक्कलले ९५.६० प्रतिशत नतिजा प्राप्त गरेको थियो । गत वर्ष सात वटा विद्यालयले शतप्रतिशत विद्यार्थी पास गराएका थिए ।

फिक्कल गाउँपालिकाले एसइइमा शतप्रतिशत नतिजा ल्याउन सफल विद्यालय र उत्कृष्ट विद्यार्थीलाई विहिबार सम्मान गरेको छ । एक कार्यक्रमको आयोजना गरि गाउँपालिकाले सम्मान गरेको हो ।

The post देशै टप्ने सिन्धुली फिक्कलका सामुदायिक विद्यालयको नतिजा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

results election 2082