ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
विपक्षीलाई पेलेरै अघि बढ्यो संसद्, जवाफ दिँदै अर्थमन्त्री
2082 General Parties

विपक्षीलाई पेलेरै अघि बढ्यो संसद्, जवाफ दिँदै अर्थमन्त्री

Inquiry Nepal Inquiry Nepal May 14, 2026 at 8:54 PM 18 views
संघीय संसद्‌अन्तर्गत प्रतिनिधि सभामा विपक्षी दलहरूको चर्को विरोध र नाराबाजीका बीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिएका छन्।...

प्रतिनिधि सभामा विपक्षी दलहरूको तीव्र विरोध र नाराबाजीकै बीच संसद्को कारबाही अगाडि बढेको छ।

प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विपक्षीले विरोध जनाए पनि सभामुखले बैठक सुचारु गराउँदै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई जवाफ दिन अनुमति दिएका हुन्।

सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिन अर्थमन्त्री वाग्ले रोस्ट्रममा पुग्दा विपक्षी सांसदहरूले नाराबाजी सुरु गरेका थिए।

विपक्षीको अवरोधका कारण यसअघि १५ मिनेटका लागि स्थगित भएको बैठक पुनः सुरु भएलगत्तै सभामुखले कार्यसूचीलाई अगाडि बढाएका हुन्।

विपक्षी दलहरूले सरकारको मुख्य नीतिगत दस्ताबेजमाथिको जवाफदेहिता विभागीय मन्त्रीले नभई स्वयम् प्रधानमन्त्रीले नै लिनुपर्ने अडान राख्दै आएका छन्।

parties election 2082