ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
पेलेरै अघि बढेपछि बाहिरिए विपक्षी, रित्तिए बेन्च
2082 General Parties

पेलेरै अघि बढेपछि बाहिरिए विपक्षी, रित्तिए बेन्च

Inquiry Nepal Inquiry Nepal May 14, 2026 at 9:03 PM 22 views
संघीय संसद्‌अन्तर्गत प्रतिनिधि सभामा सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिँदै गर्दा विपक्षी दलहरूले बैठक बहिष्कार गरेका छन्।...

संघीय संसद्‌अन्तर्गत प्रतिनिधि सभामा सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिँदै गर्दा विपक्षी दलहरूले बैठक बहिष्कार गरेका छन्।

प्रधानमन्त्री बालेन्द्र शाह स्वयं उपस्थित भएर जवाफ दिनुपर्ने अडान राख्दै आएका विपक्षी सांसदहरू सामूहिक रूपमा सदनबाट बाहिरिएका हुन्।

सभामुखले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सम्बोधनका लागि अनुमति दिएलगत्तै विपक्षी दलका सांसदहरूले नाराबाजी गर्दै सदन छोडेका थिए।

यसअघि १५ मिनेटका लागि स्थगित भएको बैठक पुनः सुरु हुँदा पनि विपक्षीको अवरोध नरोकिएपछि सभामुखले कार्यसूचीलाई अगाडि बढाएका थिए।

विपक्षीको बहिष्कारका बीच पनि अर्थमन्त्रीले आफ्नो मन्तव्य जारी राखेका छन्।

विपक्षी दलहरूले सरकारको मुख्य नीतिगत दस्तावेजमाथि उठेका जिज्ञासाको जवाफ विभागीय मन्त्रीले नभई सरकार प्रमुखले नै दिनुपर्ने माग गर्दै आएका थिए।

parties election 2082