ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
महंगियो चलचित्र संघ संस्थाको उम्मेदवारी दस्तुर
2082 General Candidates Update

महंगियो चलचित्र संघ संस्थाको उम्मेदवारी दस्तुर

Inquiry Nepal Inquiry Nepal May 14, 2026 at 9:42 AM 50 views
<p>काठमाडौं । चलचित्र सम्बन्धी विभिन्न संघ संस्थाको अहिले निर्वाचनको तयारी हुँदै छ । चलचित्र घर सञ्चालकहरूको संस्था नेपाल चलचित्र संघ र चलचित्र निर्माताहरूको संस्था नेपाल चलचित्र निर्माता संघले यस अघि नै निर्वाचन सम्पन्न गरिसकेका छन् । जेठको पहिलो साता नेपाल चलचित्र निर्देशक समाज र नेपाल चलचित्र कलाकार संघको नयाँ कार्यसमिति चयनको लागि निर्वाचन हुँदै छ [&#8230;]</p> <p>The post महंगियो चलचित्र संघ संस्थाको उम्मेदवारी दस्तुर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-R...

काठमाडौं । चलचित्र सम्बन्धी विभिन्न संघ संस्थाको अहिले निर्वाचनको तयारी हुँदै छ । चलचित्र घर सञ्चालकहरूको संस्था नेपाल चलचित्र संघ र चलचित्र निर्माताहरूको संस्था नेपाल चलचित्र निर्माता संघले यस अघि नै निर्वाचन सम्पन्न गरिसकेका छन् । जेठको पहिलो साता नेपाल चलचित्र निर्देशक समाज र नेपाल चलचित्र कलाकार संघको नयाँ कार्यसमिति चयनको लागि निर्वाचन हुँदै छ ।

तर यस पटक संघ संस्थाका उम्मेदवारी दस्तुर महँगिएको छ । यी संघ संस्थाले अन्य कार्यक्रमबाट भन्दा उम्मेदवारको महंगो दस्तुरबाट निर्वाचन सम्पन्न गर्न थालेका छन् । यही कारण चलचित्र सम्बन्धी संघ संस्थामा पदाधिकारहरू एवम् सदस्य बन्न चाहने कतिपयले निर्वाचन दस्तुर महँगो भयो भन्दै उम्मेदवारी दिएका छैनन् । चलचित्र सम्बन्धी संघ संस्थाको उम्मेदवारी शुल्क यस पटक अचकाली बढाएको उनीहरूको गुनासो छ ।

नेपालमा प्रतिनिधि सभाको चुनावमा सांसदको उम्मेदवारले उम्मेदवारी दिंदा १० हजार रुपैयाँ निर्वाचन दस्तुर बुझाउनु पर्छ । तर चलचित्रका सबै संघ संस्थाका उम्मेदवारको दस्तुर सांसदको उम्मेदवार भन्दा धेरै नै महँगो छ । सोही कारण महंगो निर्वाचन दस्तुरको सबै पक्षबाट विरोध हुन थालेको हो ।

यही ५ जेठमा नेपाल चलचित्र निर्देशक समाजको नयाँ कार्यसमितिको लागि निर्वाचन हुँदै छ । जसका लागि अहिले निर्देशकहरू उम्मेदवारीको तयारी गर्दै छन् । निर्देशक समाजको अध्यक्षको उम्मेदवारले निर्वाचन दस्तुर ५१ हजार रुपैयाँ तिर्नु पर्ने भएको छ । जो कोही अध्यक्षमा उठ्न नसकुन् भनेर यो दस्तुर बढाएको समाजका हालका महासचिव अरुण कुमार प्रधानले राजधानीलाई बताए ।

अघिल्लो पटकको तुलनामा यसपटक दस्तुर बढाएर दोब्बर बनाइएको हो । निर्वाचन दस्तुर’bout अरुणले भने,‘उम्मेदवारहरूको निर्वाचन शुल्क घटाउनु पर्छ भनेर मैले बैठकमा कुरा राख्दा अध्यक्ष बन्नेहरूले ५१ हजार शुल्क बुझाउने पर्छ भनियो । म आफैँ अध्यक्षको उम्मेदवार भएकाले यो शुल्क स्विकार्न बाध्य भएँ,’ संस्था चलाउन र चुनाव गराउन महंगो शुल्क लिनु भन्दा प्रायोजक तथा दाताहरु खोल्नु पर्ने उनको सुझाब छ ।

महासचिव प्रधानका अनुसार निर्देशक समाजको उपाध्यक्ष र महासचिवको उम्मेदवारले २५ हजार, सचिव र कोषाध्यक्षले २० हजार, सह कोषाध्यक्षले १८ हजार र कार्यसमिति सदस्यहरूले १० हजार निर्वाचन शुल्क बुझाउनु पर्ने तय भएको छ ।

चलचित्र घर सञ्चालक तथा वितरकहरूको संस्था नेपाल चलचित्र संघका उम्मेदवारहरूको निर्वाचन शुल्क सबै भन्दा महँगो रहेको छ । केही समय अघि भएको निर्वाचन अनुसार नेपाल चलचित्र संघको अध्यक्षको निर्वाचन दस्तुर १ लाख रुपैयाँ राखिएको थियो । यो संघको कार्यसमिति सदस्यकै दस्तुर ३० हजार रुपैयाँ राखिएको छ ।

चलचित्रकर्मीहरूमा सबैभन्दा महँगो निर्वाचन शुल्क नेपाल चलचित्र निर्माता संघको रहेको छ । यो संघको केही महिना अघि सम्पन्न निर्वाचनमा अध्यक्षको उम्मेदवारको निर्वाचन दस्तुर २ लाख रुपैयाँ थियो । उपाध्यक्ष, महासचिव, सचिवसहितका पदाधिकारीको निर्वाचन दस्तुर १ लाख रुपैयाँ र कार्यसमिति सदस्यको दस्तुर ५० हजार रुपैयाँ तोकिएको थियो । यो दस्तुर कार्यसमितिले तय गरेको निर्माता संघका अध्यक्ष उदय सुब्बाको कथन छ ।

यी संघ संस्थाको तुलनामा नेपाल चलचित्र कलाकार संघको चुनावी दस्तुर केही सस्तो छ । संघका वर्तमान महासचिव सविन श्रेष्ठका अनुसार कलाकार संघको अध्यक्षको चुनावी दस्तुर २० हजार रुपैयाँ रहेको छ । यस्तै उपाध्यक्ष महासचिव उम्मेदवारी दस्तुर १० हजार, त्यो भन्दा तलका पदाधिकारीहरूको ८ हजार रुपैयाँ र कार्यसमिति सदस्यको उम्मेदवारी दस्तुर ५ हजार रुपैयाँ रहेको छ ।

संघको विधानमै यो दस्तुर उल्लेख भएकाले संघको १० जना केन्द्रीय सदस्यको लागि यस पटक २८ जनाको उम्मेदवारी परेको अर्का अध्यक्ष उम्मेदवार उत्तम केसीले बताए । कलाकार संघको तुलनामा चलचित्रका अरू संस्थामा उम्मेदवार बन्न महँगो शुल्क तिर्नु पर्ने भएकाले धेरै उम्मेदवार दर्ता नहुने पनि उत्तमको कथन छ । कलाकार संघमा पनि विधानमा परिर्वतन गरेर निर्वाचन दस्तुर बढाउने तयार भए पनि यसपटक यो तयारी असफल भएको पनि उनले बताए ।

The post महंगियो चलचित्र संघ संस्थाको उम्मेदवारी दस्तुर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

candidates election 2082