ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
प्रतिनिधि सभाको बैठक स्थगित, अर्काे बैठक भाेलि बस्दै
2082 General Parties

प्रतिनिधि सभाको बैठक स्थगित, अर्काे बैठक भाेलि बस्दै

Inquiry Nepal Inquiry Nepal May 13, 2026 at 6:30 PM 21 views
काठमाडौँ। प्रतिपक्ष दलहरुले नीति तथा कार्यक्रममाथिको जवाफका लागि प्रधानमन्त्री बालेन्द्र साहलाई संसदमा उपस्थित गराउन माग गर्दै संसद अवरुद्ध गरेपछि प्रतिनिधि सभाको बैठक बिहीवारसम्मका लागि स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले बुधवारको बैठकमा कार्यसूचीमा रहेका केही कार्यक्रमहरू हटाउँदै सदनको आगामी बैठक र छलफलको कार्यतालिका सार्वजनिक गर्नुभएको हो । सभामुख अर्यालले कार्यसूचीको क्रम सङ्ख्या २ देखि […]

काठमाडौँ।

प्रतिपक्ष दलहरुले नीति तथा कार्यक्रममाथिको जवाफका लागि प्रधानमन्त्री बालेन्द्र साहलाई संसदमा उपस्थित गराउन माग गर्दै संसद अवरुद्ध गरेपछि प्रतिनिधि सभाको बैठक बिहीवारसम्मका लागि स्थगित भएको छ ।

सभामुख डोलप्रसाद अर्यालले बुधवारको बैठकमा कार्यसूचीमा रहेका केही कार्यक्रमहरू हटाउँदै सदनको आगामी बैठक र छलफलको कार्यतालिका सार्वजनिक गर्नुभएको हो । सभामुख अर्यालले कार्यसूचीको क्रम सङ्ख्या २ देखि ५ सम्मका सम्पूर्ण कार्यक्रमहरू सूचीबाट हटाइएको जानकारी गराउनुभयो ।

राष्ट्रपतिद्वारा प्रश्तुत आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरू प्रश्तुत गर्न, उक्त प्रश्तावमाथि छलफल गर्न र प्रधानमन्त्रीले जवाफ दिनका लागि आगामी वैशाख ३१ गतेको समय निर्धारण गरिएको छ ।

सभामुख अर्यालका अनुसार प्रतिनिधि सभा नियमावली २०७९ को नियम ३८ को उपनियम (१) बमोजिम २०८३ साल वैशाख ३१ गतेका लागि सो कार्यतालिका तय गरिएको हो । प्रतिनिधि सभाको अर्को बैठक वैशाख ३१ गते बिहीवार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ

parties election 2082