ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
प्रतिनिधि सभाको बैठक फेरि १५ मिनेटका लागि स्थगित
2082 General Parties Update

प्रतिनिधि सभाको बैठक फेरि १५ मिनेटका लागि स्थगित

Inquiry Nepal Inquiry Nepal May 13, 2026 at 3:38 PM 38 views
<p>काठमाडौं । प्रतिनिधि सभाको बैठक बुधबार फेरि १५ मिनेटका लागि स्थगित भएको छ। विपक्षी दलले विरोध यथावत राखेपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठक दोस्रो पटक स्थगित गरेका हुन्। बुधबार प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदले सोधेका प्रश्नको उत्तर दिने कार्यसूची रहेको छ। प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित नभएपछि अर्थमन्त्री स्वर्णिम वाग्लेले उत्तर दिने [&#8230;]</p> <p>The post प्रतिनिधि सभाको बैठक फेरि १५ मिनेटका लागि स्थगित appeared first on राजधानी राष्ट्रिय...

काठमाडौं । प्रतिनिधि सभाको बैठक बुधबार फेरि १५ मिनेटका लागि स्थगित भएको छ। विपक्षी दलले विरोध यथावत राखेपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठक दोस्रो पटक स्थगित गरेका हुन्। बुधबार प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदले सोधेका प्रश्नको उत्तर दिने कार्यसूची रहेको छ।

प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित नभएपछि अर्थमन्त्री स्वर्णिम वाग्लेले उत्तर दिने कार्यसूची तय गरिएको थियो। त्यहीअनुसार, अर्थमन्त्री वाग्लेले प्रधानमन्त्रीको तर्फबाट नीति तथा कार्यक्रममाथि छलफल होस् भन्ने प्रस्ताव टेबुल गरेका थिए।

तर, विपक्षी दलले भने नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्री शाहले नै उत्तर दिनुपर्ने अडान लिएका छन्। उनीहरू प्रधानमन्त्री उपस्थित हुनुपर्ने माग गर्दै विरोध जनाएपछि सभामुख अर्यालले १५ मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरेका हुन्।

The post प्रतिनिधि सभाको बैठक फेरि १५ मिनेटका लागि स्थगित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

parties election 2082