काठमाडौं । मतदानका दिन मतदान केन्द्रमा प्रवेश गर्ने मतदाता तथा अन्य व्यक्तिलाई सलाई, लाइटर, फोटो खिच्ने क्यामेरा, मोबाइल तथा अन्य निषेधित वस्तु नलिई मतदान केन्द्रमा आउन आयोगले आह्वान गरेको छ ।
सलाई, लाइटर, क्यामेरा, मोबाइलजस्ता वस्तु लिई आएमा मतदान केन्द्रको प्रवेश बिन्दुमा राख्ने व्यवस्था मिलाउने वा मतदान केन्द्र बाहिर निजलाई उपयुक्त लागेको स्थानमा राख्न लगाएर मतदान केन्द्रमा प्रवेश गर्न अनुमति दिइने आयोगले जनाएको छ ।
यी हुन् मतदानस्थल भित्र लैजान निषेध गरिएका वस्तुहरू
१. सञ्चार र छायाङ्कन उपकरण
मतदानस्थल भित्र फोटो खिच्न र भिडियो बनाउन पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।
२. विद्युतीय उपकरणहरू
स्मार्ट वाच, ट्याबलेट वा कुनै पनि प्रकारका रेकर्डिङ गर्ने डिभाइसहरू लैजान सख्त मनाही छ।
३. प्रज्ज्वलनशील पदार्थ
सलाई, लाइटर, तेजाब, विष्फोटन जन्य वा कुनै पनि प्रज्ज्वलनशील पदार्थहरू निषेध गरिएको छ।
४. जोखिमपूर्ण सामाग्रीहरू
चक्कु, खुकुरी, पेस्तोल वा कुनै पनि प्रकारका धातु वा अन्य वस्तुबाट बनेका धारिला हतियारहरू लैजान पाइने छैन।
५. मसी वा रङ्ग
मतपत्र बिगार्न सक्ने कुनै पनि प्रकारको रङ्ग वा मसी (स्याही) बोक्न पाइने छैन।
६. नशालु पदार्थ
मदिरा वा कुनै पनि लागूऔषध जन्य पदार्थ सेवन गरी, साथमा लिई मतदानस्थलमा प्रवेश गर्न पाइने छैन।
७. राजनीतिक वा चुनाव चिन्ह
राजनीतिक वा चुनाव चिन्ह भएको झण्डा, टोपी, टिसर्ट, झोला वा ब्याज लगाउन/लैजान पाइँदैन।
The post मतदान केन्द्रमा यी सामग्री लैजान निषेध appeared first on RONB post.