ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
केन्द्रीय समिति विस्तारप्रति डा. शेखर असन्तुष्ट, कांग्रेस एकतामा जोड
2082 General Candidates

केन्द्रीय समिति विस्तारप्रति डा. शेखर असन्तुष्ट, कांग्रेस एकतामा जोड

Inquiry Nepal Inquiry Nepal May 12, 2026 at 5:11 PM 36 views
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला ले पार्टी केन्द्रीय कार्यसमिति विस्तार बिना परामर्श गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । उनले १९ जनाको मनोनयनले पार्टीको बृहत्तर एकतामा ठेस पुगेको बताएका छन् । कोइरालाले कांग्रेसको समग्र एकता राष्ट्रकै आवश्यकता भएको उल्लेख गर्दै गुट–उपगुट अन्त्य गरी सामूहिक भावना र साझा विचारबाट अघि बढ्नुपर्ने धारणा राखेका छन् […]

काठमाडौं ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला ले पार्टी केन्द्रीय कार्यसमिति विस्तार बिना परामर्श गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । उनले १९ जनाको मनोनयनले पार्टीको बृहत्तर एकतामा ठेस पुगेको बताएका छन् ।

कोइरालाले कांग्रेसको समग्र एकता राष्ट्रकै आवश्यकता भएको उल्लेख गर्दै गुट–उपगुट अन्त्य गरी सामूहिक भावना र साझा विचारबाट अघि बढ्नुपर्ने धारणा राखेका छन् । उनले विगतको निर्वाचन परिणामले कांग्रेसलाई नयाँ सोच र नागरिकमैत्री राजनीति अपनाउन प्रेरित गरेको पनि बताएका छन् ।

उनले आगामी स्थानीय तह र प्रदेश निर्वाचनमा जनविश्वास जित्न नसके कांग्रेसको औचित्यमाथि प्रश्न उठ्न सक्ने चेतावनी दिएका छन् ।

साथै, १४औं महाधिवेशनपछि नवीकरण तथा वितरण गरिएका क्रियाशील सदस्यताको आधारमा १५औं महाधिवेशनलाई “एकता महाधिवेशन” का रूपमा सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् ।

candidates election 2082