ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
रातारात नतिजामा सामुदायिक–निजी विद्यालयको उत्तीर्ण प्रतिशत गायब
2082 General Results Result

रातारात नतिजामा सामुदायिक–निजी विद्यालयको उत्तीर्ण प्रतिशत गायब

Inquiry Nepal Inquiry Nepal May 12, 2026 at 10:53 AM 48 views
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा यस वर्ष ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यो प्रतिशत गत वर्षको तुलनामा ४.१७ प्रतिशतले बढी हो । परीक्षामा सहभागी ४ लाख ३० हजार ६६७ विद्यार्थीमध्ये ४८ हजार ३९२ जनाले ३.६० देखि ४.०० जीपीए ल्याएका छन् । त्यस्तै, ८० […]

काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा यस वर्ष ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यो प्रतिशत गत वर्षको तुलनामा ४.१७ प्रतिशतले बढी हो ।

परीक्षामा सहभागी ४ लाख ३० हजार ६६७ विद्यार्थीमध्ये ४८ हजार ३९२ जनाले ३.६० देखि ४.०० जीपीए ल्याएका छन् । त्यस्तै, ८० हजार ३७२ विद्यार्थीले ३.२० देखि ३.६० तथा ९४ हजार २२२ विद्यार्थीले २.८० देखि ३.२० जीपीए प्राप्त गरेका छन् ।

यस वर्ष १ लाख ४६ हजार ५०७ विद्यार्थी नन–ग्रेडेड भएका छन् । प्रदेशगत रूपमा मधेश प्रदेशमा सबैभन्दा बढी ३१ हजार ७२५ विद्यार्थी नन–ग्रेडेड रहेका छन् ।

बोर्डले सामुदायिक र निजी विद्यालयको छुट्टाछुट्टै उत्तीर्ण प्रतिशत भने अझै सार्वजनिक गरेको छैन । उक्त विवरण तयारीको क्रममा रहेकाले पछि सार्वजनिक गरिने बोर्डका अधिकारीहरूले बताएका छन् ।

यस वर्ष उत्तरपुस्तिका परीक्षण परीक्षा केन्द्रमै गरिएको थियो । नन–ग्रेडेड विद्यार्थीका लागि असार १ देखि ९ गतेसम्म पूरक परीक्षा सञ्चालन गरिनेछ भने पुनर्योगका लागि जेठ १ देखि ७ गतेसम्म आवेदन दिन सकिने बोर्डले जनाएको छ ।

results election 2082