ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
बढ्यो कलाकार संघको चुनावी सरगर्मी अध्यक्षमा उत्तम केसी र सविन श्रेष्ठ आमनेसामने
2082 General Candidates

बढ्यो कलाकार संघको चुनावी सरगर्मी अध्यक्षमा उत्तम केसी र सविन श्रेष्ठ आमनेसामने

Inquiry Nepal Inquiry Nepal May 12, 2026 at 9:19 AM 29 views
नेपाल चलचित्र कलाकार संघको २१औँ चुनावी साधारणसभा नजिकिँदै जाँदा कलाकार वृत्तमा चुनावी माहोल तातेको छ। आगामी जेठ ३ गते हुने निर्वाचनमार्फत संघले १७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दैछ। अधिवक्ता कृष्ण ढुंगाना प्रमुख निर्वाचन अधिकृत रहेको निर्वाचन समितिले शनिवार सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक नामावलीमाथिको दाबी–विरोध प्रक्रिया आइतवार सकिएको छ।संघको अध्यक्ष पदका लागि पुराना कलाकार तथा संघका […]

नेपाल चलचित्र कलाकार संघको २१औँ चुनावी साधारणसभा नजिकिँदै जाँदा कलाकार वृत्तमा चुनावी माहोल तातेको छ। आगामी जेठ ३ गते हुने निर्वाचनमार्फत संघले १७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दैछ।

अधिवक्ता कृष्ण ढुंगाना प्रमुख निर्वाचन अधिकृत रहेको निर्वाचन समितिले शनिवार सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक नामावलीमाथिको दाबी–विरोध प्रक्रिया आइतवार सकिएको छ।
संघको अध्यक्ष पदका लागि पुराना कलाकार तथा संघका पूर्व सचिव उत्तम केसी र वर्तमान महासचिव सविन श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ।

दुवैले आ–आप्mना प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन्। उत्तम केसी नेतृत्वको प्यानलबाट उपाध्यक्षमा शिवहरि नेपाल बैरागी र पुजना प्रधान उम्मेदवार छन् भने महासचिवमा सुनिल कटुवाललाई अघि सारिएको छ। सचिवमा गोपाल ढकाल, कोषाध्यक्षमा तेजकुमारी खतिवडा (तेजुला) र सह–कोषाध्यक्षमा गीता नेपाल शारदाले उम्मेदवारी दिएका छन्।

उनको प्यानलबाट सदस्य पदमा कोसिस क्षेत्री, नम्रता योगी, श्रीदेव भट्टराई, मञ्जुदेवी तुलाधर (बिजुली), प्रेम पाण्डे (पुण्य प्रसाद), दमन रुपाखेती, जीवन थापा, सामना सिटौला, लक्ष्मण चौलागाईं (खिम्ते काका), अनुमती नेपाली, दावा फिन्जो तामाङ, अशोक धिताल, हरिशचन्द्र फुया“ल, इन्द्र दोङ (खम्बे), चन्द्रकला दाहाल (मोनिका), चन्द्रकला राई (संगम) र गोकुल सुवेदी चुनावी प्रतिस्पर्धामा छन्।

लामो समयदेखि फिल्म क्षेत्रमा सक्रिय कलाकारहरूको समर्थन पाएकाले केसीको प्यानललाई बलियो रूपमा हेरिएको छ। अध्यक्षका अर्का आकांक्षी धर्मेन्द्र आचार्यले उत्तम केसीको योजना र एजेन्डाप्रति समर्थन जनाउदै उम्मेदवारी दिएनन्।

सविन श्रेष्ठ नेतृत्वको प्यानलबाट उपाध्यक्षमा पनाह अधिकारी र उद्धवप्रसाद भट्टराई उम्मेदवार बनेका छन् भने महासचिवमा रामेश्वर बुर्लाकोटीलाई अघि सारिएको छ। सचिवमा पल्पसा डंगोल, कोषाध्यक्षमा पवित्रा आचार्य र सह–कोषाध्यक्षमा पवन केसीले उम्मेदवारी दिएका छन्। सविनको प्यानलबाट सदस्य पदमा विनोद भट्टराई, नवीन श्रेष्ठ, रश्मी भट्ट, नम्रता खरेल, सरिता राजोपाध्याय, सुलेमान शंकर (इकु), छुल्ठिम गुरुङ, सुपा खनाल र राजेश गोसाईं चुनावी मैदानमा छन्।

उपाध्यक्ष पदमा डिलबहादुर तामाङ र राजेन्द्र बस्नेतले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन्। कोषाध्यक्ष पदमा रञ्जना खड्का तथा सदस्य पदमा धनबहादुर तामाङ र सुमन सागर जंग केसी पनि प्रतिस्पर्धामा उत्रिएका छन्।

नया कार्यसमितिको ७ पदका लागि १५ जना तथा १० सदस्य पदका लागि १८ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ। चुनावपछि नया कार्यसमितिले १ जना उपाध्यक्ष र ३ जना सदस्य मनोनित गर्ने व्यवस्था रहेको छ। संघको निर्वाचनमा २ सय २१ साधारण सदस्य र ३ सय २५ आजीवन सदस्यले मतदान गर्न पाउनेछन्।

candidates election 2082