ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
एसइई: ६५.९८ प्रतिशत परीक्षार्थी उत्तीर्ण
2082 General Results Result

एसइई: ६५.९८ प्रतिशत परीक्षार्थी उत्तीर्ण

Inquiry Nepal Inquiry Nepal May 11, 2026 at 9:27 PM 61 views
प्रकाशित नतिजाअनुसार यस वर्ष ६५.९८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् भने १ लाख ४६ हजार ५ सय ७ जना परीक्षार्थीले ‘एनजी’ (नन ग्रेडेड) ल्याएका छन्।...

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजा सार्वजनिक गरेको छ।

प्रकाशित नतिजाअनुसार यस वर्ष ६५.९८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् भने १ लाख ४६ हजार ५ सय ७ जना परीक्षार्थीले ‘एनजी’ (नन ग्रेडेड) ल्याएका छन्।

परीक्षामा कुल ४ लाख ३० हजार ६ सय ६७ जना विद्यार्थी सहभागी भएका थिए। जसमध्ये मूल्याङ्कनमा परेका २ लाख ८४ हजार १ सय ६० जना विद्यार्थी उत्तीर्ण हुन सफल भएका हुन्।

सबैभन्दा उच्च जिपिए (३.६० देखि ४.०० सम्म) ल्याउने विद्यार्थीको सङ्ख्या ४८ हजार ३ सय ९२ रहेको छ। त्यसैगरी, जिपिए ३.२० देखि ३.६० सम्म ल्याउने उत्कृष्ट विद्यार्थीको सङ्ख्या ८० हजार ३ सय ७२ जना रहेको छ।

परीक्षामा जिपिए २.८० देखि ३.२० सम्म प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या सबैभन्दा धेरै अर्थात् ९४ हजार २ सय २२ रहेको छ। यस्तै, जिपिए २.४० देखि २.८० सम्म ल्याउने परीक्षार्थी ५५ हजार ९ सय ७७ जना रहेका छन्।

बोर्डका अनुसार जिपिए २.०० देखि २.४० सम्म ल्याउने विद्यार्थीको सङ्ख्या ५ हजार १ सय ९० रहेको छ। सबैभन्दा कम अर्थात् जिपिए १.६० देखि २.०० सम्म ल्याउने विद्यार्थी जम्मा ७ जना मात्र रहेका छन्।

यसपटकको परीक्षामा सहभागीमध्ये ठुलो सङ्ख्याले ‘एनजी’ प्राप्त गरेका छन्। कुल १ लाख ४६ हजार ५ सय ७ जना विद्यार्थी ‘एनजी’ मा परेका हुन्।

results election 2082