ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक जारी
2082 General Election Analysis

गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक जारी

Inquiry Nepal Inquiry Nepal March 4, 2026 at 1:39 PM 63 views
काठमाडौं । देशको विद्यमान सुरक्षा अवस्था र आसन्न निर्वाचनको तयारीबारे समीक्षा गर्न केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। बैठकको अध्यक्षता केन्द्रीय सुरक्षा समितिका अध्यक्ष एवं गृहमन्त्री ओमप्रकाश अर्यालले गरेका छन् । बैठकमा राजकुमार श्रेष्ठ, केदारनाथ शर्मा, विभिन्न सुरक्षा निकायका प्रमुखहरू तथा गृह मन्त्रालय का उच्च अधिकारीहरूको सहभागिता रहेको छ। गृह मन्त्रालय स्रोतका अनुसार बैठकमा देशका […]

काठमाडौं ।

देशको विद्यमान सुरक्षा अवस्था र आसन्न निर्वाचनको तयारीबारे समीक्षा गर्न केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ।

बैठकको अध्यक्षता केन्द्रीय सुरक्षा समितिका अध्यक्ष एवं गृहमन्त्री ओमप्रकाश अर्यालले गरेका छन् । बैठकमा राजकुमार श्रेष्ठ, केदारनाथ शर्मा, विभिन्न सुरक्षा निकायका प्रमुखहरू तथा गृह मन्त्रालय का उच्च अधिकारीहरूको सहभागिता रहेको छ।

गृह मन्त्रालय स्रोतका अनुसार बैठकमा देशका विभिन्न जिल्लामा पछिल्ला दिनमा देखिएका छिटफुट घटनाक्रम, सम्भावित सुरक्षा चुनौती, संवेदनशील क्षेत्रको पहिचान तथा सुरक्षा रणनीतिबारे विस्तृत छलफल भइरहेको छ।

त्यस्तै, निर्वाचनको मिति नजिकिँदै जाँदा मतदान केन्द्रहरूको सुरक्षा व्यवस्थापन, सुरक्षा निकायबीचको समन्वय, आकस्मिक अवस्था व्यवस्थापन योजना तथा आवश्यक जनशक्ति परिचालनबारे पनि समीक्षा गरिएको बताइएको छ।

बैठकले शान्ति–सुरक्षा कायम राख्दै निष्पक्ष, भयरहित र व्यवस्थित निर्वाचन सम्पन्न गर्न सबै सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राख्ने रणनीतिमा जोड दिएको छ।

बैठक जारी रहेको र आवश्यक निर्णयहरू औपचारिक रूपमा सार्वजनिक गरिने गृह मन्त्रालयले जनाएको छ।

election election 2082