ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
एसईईको नतिजा आज सार्वजनिक गर्ने बोर्डको तयारी
2082 General Results Result

एसईईको नतिजा आज सार्वजनिक गर्ने बोर्डको तयारी

Inquiry Nepal Inquiry Nepal May 11, 2026 at 6:55 PM 38 views
<p>काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परिषद् एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अनुसार आज सार्वजनिक गर्नका लागि अहिले बैठक बसिरहेको छ । ६-७ बजे भित्रमा एसईईको नतिजा सार्वजनिक गरिसक्ने बोर्डको जानकारी छ। यस परीक्षा गत चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको थियो । सरकारले योपटक एक महिना नबित्दै [&#8230;]</p> <p>The post एसईईको नतिजा आज सार्वजनिक गर्ने बोर्डको तयारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Onl...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परिषद् एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अनुसार आज सार्वजनिक गर्नका लागि अहिले बैठक बसिरहेको छ । ६-७ बजे भित्रमा एसईईको नतिजा सार्वजनिक गरिसक्ने बोर्डको जानकारी छ।

यस परीक्षा गत चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको थियो । सरकारले योपटक एक महिना नबित्दै नतिजा सार्वजनिक गर्न लागेको हो । शिक्षामन्त्री सस्मित पोखरेलले एक महिनाभित्रमा नतिजा सार्वजनिक गर्ने प्रतिबद्धता यस अगाडि नै गरेका थिए ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार यसपटक पाँच लाख १२४२१ जना विद्यार्थीले फारम भरेका थिए जसमा नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जनाले परीक्षा लेखेका थिए । यस्तै ग्रेड वृद्धितर्फ ७०,८५५ जनाले फारम भरेका थिए ।

आज नतिजा सार्वजनिक गर्नका लागि सम्पूर्ण तयारी भइसकेको र बोर्डको बैठक लगभग अन्तिम चरणमा पुगेको जानकारी गराइएको छ।

The post एसईईको नतिजा आज सार्वजनिक गर्ने बोर्डको तयारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

results election 2082