ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने बोर्डको तयारी
2082 General Results Result

एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने बोर्डको तयारी

Inquiry Nepal Inquiry Nepal May 10, 2026 at 1:13 PM 49 views
<p>काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । बोर्डकी सूचना अधिकारी लक्ष्मी मरासिनीले मंगलबारसम्म नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको बताइन्। उनले भनिन्, ‘सबै तयारी पूरा भइसकेको छ । प्राविधिक रूपमा कुनै समस्या नआए २ [&#8230;]</p> <p>The post एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने बोर्डको तयारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैन...

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

बोर्डकी सूचना अधिकारी लक्ष्मी मरासिनीले मंगलबारसम्म नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको बताइन्। उनले भनिन्, ‘सबै तयारी पूरा भइसकेको छ । प्राविधिक रूपमा कुनै समस्या नआए २ दिनभित्र नतिजा प्रकाशित गर्छौं ।’

यस वर्षको एसईई परीक्षा गत चैतको दोस्रो सातादेखि सञ्चालन भएको थियो । परीक्षा सम्पन्न भएको करिब एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने तयारी बोर्डले गरेको हो । यस वर्ष ५ लाख १२ हजार ४ सय २१ जना परीक्षार्थी सहभागी भएका थिए ।

तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५ सय ६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८ सय ५५ जनाले परीक्षा दिएका थिए । परीक्षा दिनेमा छात्राको सङ्ख्या बढी छ । यस वर्ष दुई लाख ५७ हजार ६ सय १३ छात्रा, दुई लाख ५४ हजार ८ सय १ छात्र र अन्य सात जना परीक्षामा सहभागी भएका छन्।

जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिएको थियो । माध्यमिक तह अध्यापन हुने देशभरका ११ हजार ३ सय ७९ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी भएका थिए । यस वर्ष जुन केन्द्रमा परीक्षा दिइयो सोही सेन्टरमा उत्तरपुस्तिका जाँच भएको थियो ।

The post एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने बोर्डको तयारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

results election 2082