2082 General
Candidates
रास्वपाको सचिवालय बैठक आज, संगठनात्मक एजेन्डामा छलफल
Inquiry Nepal
Inquiry Nepal
May 10, 2026 at 10:42 AM
39 views
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछाने ले बैठक बोलाएका हुन् । रास्वपाका अनुसार बैठक साँझ ६ बजे वनस्थित केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकमा पार्टीको भेला, अधिवेशनको विशेष तालिका, आयोग तथा विभागका पदाधिकारी मनोनयन, जिल्ला समिति विघटन, अनुशासनात्मक कारबाही तथा केन्द्रीय समिति बैठकलगायत विषयमा छलफल हुने […]
काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछाने ले बैठक बोलाएका हुन् ।
रास्वपाका अनुसार बैठक साँझ ६ बजे वनस्थित केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकमा पार्टीको भेला, अधिवेशनको विशेष तालिका, आयोग तथा विभागका पदाधिकारी मनोनयन, जिल्ला समिति विघटन, अनुशासनात्मक कारबाही तथा केन्द्रीय समिति बैठकलगायत विषयमा छलफल हुने जनाइएको छ ।
candidates
election 2082