ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
मतपेटिकाको सुरक्षा जिम्मा मतदान अधिकृतको : गृहमन्त्री अर्याल
2082 General Election

मतपेटिकाको सुरक्षा जिम्मा मतदान अधिकृतको : गृहमन्त्री अर्याल

Inquiry Nepal Inquiry Nepal March 4, 2026 at 12:33 PM 51 views
उनले मतदानको पूर्वसन्ध्यामा एक भिडियो सन्देश जारी गरेर देशभरी नै पूर्ण सुरक्षा रहेको दाबी गर्दै मतपेटिकाको जिम्मा मतदान अधिकृतको रहेको स्पष्ट पारेका हुन्।...

गृहमन्त्री ओमप्रकाश अर्यालले मतदानपछि मतपेटिकाहरू सुरक्षित र व्यवस्थित तरिकाले गाडीमा राखेर निर्वाचन अधिकृतको कार्यालयमा ल्याइने स्पष्ट पारेका छन्।

उनले मतदानको पूर्वसन्ध्यामा एक भिडियो सन्देश जारी गरेर देशभरी नै पूर्ण सुरक्षा रहेको दाबी गर्दै मतपेटिकाको जिम्मा मतदान अधिकृतको रहेको स्पष्ट पारेका हुन्।

'मतपत्र काठमाडौंबाट निर्वाचन क्षेत्रमा रहेको निर्वाचन अधिकृतको कार्यालयसम्म पुर्याइएको छ। त्यहाँबाट मतदान स्थलसम्म मतदान अधिकृतले नै मतपेटिका लैजाने व्यवस्था मिलाउने हो। त्यसपछि मतदान पछि मतपेटिका सुरक्षित तरिकाले गाडीमा राखेर मतदान अधिकृतले नै कार्यालयसम्म ल्याउने हो।', उनले भने, 'मतपेटिका रहेको गाडीलाई सशस्त्र प्रहरी बल, नेपाल प्रहरी लगायतका सुरक्षा निकायका गाडीले सुरक्षा दिन्छन्। आवश्यक परे नेपाली सेनाको गाडीले पनि स्कर्टङ गर्न सक्छ।'

निर्वाचन विथोल्न खोज्नेलाई कानुनी कारबाही गर्ने उनले चेतावनी पनि दिए। यो निर्वाचन धाँधली र भयरहित हुने भएकाले ढुक्क भएर मतदान गर्न जान पनि गृहमन्त्री अर्यालले सबैसँग अनुरोध गरेका छन् ।

election election 2082