ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः यस्ता छन् मापदण्ड

Inquiry Nepal Inquiry Nepal May 8, 2026 at 4:13 PM 49 views
<p>काठमाडौं । ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ले चालीस वर्ष उमेर पुगेका, कम्तीमा विद्यावारिधि उपाधिप्राप्त र कुनै पनि राजनीतिक दलको सदस्य नरहेका प्राज्ञिक व्यक्तिलाई आवेदन दिन योग्य मानेको छ । विभिन्न विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले आज इच्छुक तथा योग्य उम्मेदवारलाई १० दिनभित्र दरखास्त दिन आह्वान गरेको [&#8230;]</p> <p>The post उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः यस्ता छन् मापदण्ड appeared first ...

काठमाडौं । ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ले चालीस वर्ष उमेर पुगेका, कम्तीमा विद्यावारिधि उपाधिप्राप्त र कुनै पनि राजनीतिक दलको सदस्य नरहेका प्राज्ञिक व्यक्तिलाई आवेदन दिन योग्य मानेको छ ।

विभिन्न विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले आज इच्छुक तथा योग्य उम्मेदवारलाई १० दिनभित्र दरखास्त दिन आह्वान गरेको छ ।

कार्यविधिमा आवेदकले विश्वविद्यालयसँग कुनै स्वार्थ नबाझिएको व्यहोरा खुलेको स्वघोषणापत्र र हाल कुनै राजनीतिक दलको सदस्य नरहेको तथा कुनै पनि लेख–प्रकाशनमा बौद्धिक चोरी(प्लेगारिज्म) नगरेको स्वघोषणापत्र समावेश गर्नुपर्ने उल्लेख छ ।

उपकुलपति नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले स्वीकृत गरेको कार्यविधि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा राखिएको छ ।

‘सार्वजनिक पदाधिकारीहरुको पदमुक्ति सम्बन्धी विशेष अध्यादेश, २०८३’ बमोजिम विभिन्न विश्वविद्यालयको रिक्त उपकुलपति पदमा खुल्ला प्रतिस्पर्धाबाट नियुक्तिका लागि नयाँ कार्यविधि जारी गरिएको हो ।

उपकुलपति छनोट तथा सिफारिस समितिले प्रकाशन गरेको सूचनाअनुसार त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि आवेदन माग गरिएको छ ।

कार्यविधिमा मान्यताप्राप्त विश्वविद्यायबाट कम्तीमा विद्यावारिधि उपाधि प्राप्त गरेको, अनुसन्धान र प्राज्ञिक क्षेत्रमा १० वर्षको अनुभव भएको, शैक्षिक वा प्राज्ञिक उन्नयनको क्षेत्रमा उत्कृष्ट व्यवस्थापनसम्बन्धी सीप तथा कौशल प्रदर्शन गरेको हुनुपर्नेछ ।

यसैगरी, ४० वर्ष उमेर पूरा भएको, उच्च नैतिक चरित्र भएको, प्रचलित कानुनबमोजिम सार्वजनिक पदमा नियुक्तिका लागि अयोग्य नरहेको, आवेदक सम्बन्धित विश्वविद्यालयसँग कुनै स्वार्थ नबाझिएको, नेपाली नागरिक भएको, दरखास्त दिने समयमा कुनै राजनीतिक दलको सदस्य नरहेको हुनुपर्नेछ ।

यस्तै लुम्बिनी बौद्ध विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपतिका हकमा सम्बन्धित विषयमा विद्यावारिधि भएको हुनुपर्नेछ ।

आवेदकले सोचपत्र (भिजन पेपर) र रणनीतिक कार्ययोजना (स्ट्राटेजिक एक्सन प्लान अफ युनिभर्सिटी) पेस गर्नुपर्नेछ । आवेदकमध्ये १० उम्मेदवारको अल्पसूची प्रकाशन हुनेछ ।

सोचपत्र र रणनीतिक कार्ययोजनाको एक जनाभन्दा बढी विज्ञबाट मूल्याङ्कन गराइनेछ । विज्ञबाट मूल्याङ्कनपश्चात् शिलबन्दी गरी गोप्यरुपमा अभिलेख राखी आवेदकको प्रस्तुतीकरण तथा अन्तर्वार्ता गरी समग्र १०० प्राप्ताङ्कमा मूूल्याङ्कन गरिनेछ । एउटा उम्मेदवारले बढीमा दुई विश्वविद्यालयको उपकुलपतिमा आवेदन दिन सक्नेछ । रासस

The post उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः यस्ता छन् मापदण्ड appeared first on RONB post.

candidates election 2082