ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
स्पोर्टस अवार्डका खेलाडी मनोनयन सार्वजनिक
2082 General Candidates

स्पोर्टस अवार्डका खेलाडी मनोनयन सार्वजनिक

Inquiry Nepal Inquiry Nepal May 8, 2026 at 12:20 PM 62 views
कास्की । यही बैशाख ३१ गते हुने दशौं रारा पोखरा स्पोर्टस अवार्डको खेलाडी मनोनयन सार्वजनिक गरिएको छ । बिहीबार खेलकुद पत्रकार मञ्च गण्डकीले स्पोर्टस अवार्डको विभिन्न विधाका मनोनयनमा परेका खेलाडीको नाम सार्वजनिक गरेको हो । उत्कृष्ट पुरुषतर्फ प्रदीप खड्का (टेनिस), विज्ञान टी.खत्री (जुडो) र सन्जुविक्रम शाह (भलिबल) मनोनयनमा परेका छन् । यसैगरी महिलातर्फ नारायणी भण्डारी […]

कास्की ।

यही बैशाख ३१ गते हुने दशौं रारा पोखरा स्पोर्टस अवार्डको खेलाडी मनोनयन सार्वजनिक गरिएको छ । बिहीबार खेलकुद पत्रकार मञ्च गण्डकीले स्पोर्टस अवार्डको विभिन्न विधाका मनोनयनमा परेका खेलाडीको नाम सार्वजनिक गरेको हो ।

उत्कृष्ट पुरुषतर्फ प्रदीप खड्का (टेनिस), विज्ञान टी.खत्री (जुडो) र सन्जुविक्रम शाह (भलिबल) मनोनयनमा परेका छन् । यसैगरी महिलातर्फ नारायणी भण्डारी (एथलेटिक्स), मोनिका राना (आर्चरी) र मनिष तामाङ (जुडो) रहेका छन् । उदीयमान खेलाडीमा निभा राई (ब्याडमिन्टन), अनुष्का अधिकारी (एथलेटिक्स), सचिन सुनार (तेक्वान्दो) रहेका छन् ।

उत्कृष्ट प्रशिक्षकमा सिद्धान्त अधिकारी (एथलेटिक्स), कुमार अधिकारी (टेनिस), रेखमाया गुरुङ (तेक्वान्दो) रहेका छन् । दर्शक छनोट पुरस्कारको लागि विपिन खत्री (क्रिकेट), दिप कार्की (फुटबल), नारायणी भण्डारी (एथलेटिक्स), राजन दर्लामी (भलिबल) र सुष्मिता थापा (आईटीएफ तेक्वान्दो) रहेको मञ्चले जनाएको छ ।

candidates election 2082