2082 General
Parties
हर्क साम्पाङ र सुदन किराती समूहबीच एकता, आज घोषणा हुँदै
Inquiry Nepal
Inquiry Nepal
May 8, 2026 at 7:55 AM
37 views
 हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी र पूर्वमन्त्री सुदन किराती नेतृत्वको समूहबीच पार्टी एकताको सहमति भएको छ । गएराति भएको दुई पक्षीय वार्तापछि एकतामा सहमति जुटेको हो । किराती निकट स्रोतका अनुसार उनलाई वरिष्ठ नेताको भूमिका दिने समझदारी बनेको छ । सहमतिअनुसार आजै राजधानीमा कार्यक्रम आयोजना गरेर एकताको औपचारिक घोषणा गर्ने तयारी गरिएको छ । पूर्वमाओवादी नेता किरातीले हालै प्रगतिशील लोकतान्त्रिक पार्टी छाडेका थिए । चुनावमा किरातीले श्रम संस्कृतिलाई सघाएका थिए । 

parties
election 2082