ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
१० औं पोखरा स्पोर्टस् अवार्डको मनोनयन
2082 General Candidates Update

१० औं पोखरा स्पोर्टस् अवार्डको मनोनयन

Inquiry Nepal Inquiry Nepal May 7, 2026 at 6:36 PM 49 views
<p>पोखरा । १० औं पोखरा स्पोर्टस् अवार्डका लागि उत्कृष्टको मनोनयन सार्वजनिक गरिएको छ । बिहीबार नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा पत्रकार सम्मेलन गरी विभिन्न ९ मध्ये ४ विधामा उत्कृष्ट ३ को मनोनयन सार्वजनिक गरेको हो । पुरुषतर्फ वर्ष खेलाडीमा विज्ञान टि. खत्री (जुडो), प्रदीप खड्का (टेनिस) र सञ्जुविक्रम शाह (भलिबल) खेलाडी मनोनयनमा परेका छन् [&#8230;]</p> <p>The post १० औं पोखरा स्पोर्टस् अवार्डको मनोनयन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com...

पोखरा । १० औं पोखरा स्पोर्टस् अवार्डका लागि उत्कृष्टको मनोनयन सार्वजनिक गरिएको छ । बिहीबार नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा पत्रकार सम्मेलन गरी विभिन्न ९ मध्ये ४ विधामा उत्कृष्ट ३ को मनोनयन सार्वजनिक गरेको हो ।

पुरुषतर्फ वर्ष खेलाडीमा विज्ञान टि. खत्री (जुडो), प्रदीप खड्का (टेनिस) र सञ्जुविक्रम शाह (भलिबल) खेलाडी मनोनयनमा परेका छन् । सुरुमा उदीयमान खेलाडीको मनोनयनमै परेका प्रदीपले वर्ष खेलाडीमा पटक–पटक अवार्ड जितेका छन् ।

यसैगरी, महिलातर्फ वर्ष खेलाडीमा मोनिका राना (आर्चरी, नारायणी भण्डारी (एथ्लेटिक्स) र मनीषा तामाङ (जुडो) पर्न सफल भए ।

उदीयमान खेलाडीतर्फ अनुष्का अधिकारी (एथ्लेटिक्स), सचिन सुनार (तेक्वान्दो) र निभा राई (ब्याडमिन्टन) परेका छन् । वर्ष उत्कृष्ट प्रशिक्षकमा टेनिसका कुमार अधिकारी, तेक्वान्दोकी रेखमाया गुरुङ र एथ्लेटिक्सका सिद्धान्त अधिकारी पर्न सफल भए ।

खेलाडी छनोट समितिले वर्ष २०८२ मा उत्कृट खेल प्रदर्शन आधारमा उनीहरुको छनोट गरेको आयोजकको दाबी छ ।

यसअघि सार्वजनिक पिपल च्वाइस अवार्डमा उत्कृष्ट ५ भित्र फुटबलका दीप कार्की, एथलेटिक्सकी नारायणी भण्डारी, भलिबलका राजन दर्लामी, क्रिकेटका विपीन खत्री र मुवाथाई÷आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर परेका छन् ।

यही ३१ वैशाखमा पोखरामा हुने अवार्ड समारोहमा तीमध्ये १ जनालाई अवार्ड प्रदान गरिनेछ । पुरुष र महिला वर्ष खेलाडीसहित उदीयमान र प्रशिक्षक विधामा मनोनयनमा परेकामध्ये एक जनालाई छनोट समितिले निर्णय गर्नेछ भने पिपल च्वाइसमा भने भोटिङका आधारमा निर्णय हुनेछ । वर्ष खेलाडी तथा पिपल च्वाइसमा पर्नेलाई स्कुटर प्रदान गरिने आयोजकको छ ।

यसैगरी, वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड दीननाथ बराललाई दिइने भएको छ । छनोट समितिको सिफारिसमा बराललाई अवार्ड दिइन लागेको मञ्च अध्यक्ष एमबि आस्थाले जनाए । यसअघि, उक्त अवार्ड पत्रकार सन्तोष पोखरेल, विनोद लामिछाने, सन्देश श्रेष्ठ, केशव पाठक, दीपक परियार, सागरराज तिमिल्सिना, रोहितराज पराजुली र विजय नेपालले प्राप्त गरिसकेका छन् ।

यसैगरी, वर्षको उत्कृष्ट खेल संस्था अवार्ड क्रिकेट संघले पाएको छ ।

हिमश्री फुड्सको उत्पादन रारा चाउचोकको टाइटल स्पोन्सरमा हुने अवार्ड समारोहमा लाइफटाइम अचिभमेन्ट अवार्ड, स्पेशल अवार्डसहित विभिन्न ९ विधामा अवार्ड प्रदान गरिने मञ्चका महासचिव परशुराम शर्माले पत्रकार सम्मेलनमा बताए ।

The post १० औं पोखरा स्पोर्टस् अवार्डको मनोनयन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

candidates election 2082