ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
फिलिम सरकारमा झैं राजनीतिमा सफल भएका विजय
2082 General Parties

फिलिम सरकारमा झैं राजनीतिमा सफल भएका विजय

Inquiry Nepal Inquiry Nepal May 6, 2026 at 12:38 PM 43 views
तमिल फिलिम उद्योगका सुपरस्टार थलपति विजयले हालै भएको तमिलनाडु विधान सभाको चुनावमा बम्पर जित हासिल गरेका छन् । उनको पार्टी तमिलगा भेट्री कजगम (टीभीके) ले १०८ सिट जितेको छ । जुन बहुमतमा पुग्न मात्र १० सिट कम हो । यो पार्टी सेप्टेम्बर २०२५ मा स्थापना भएयता हालसम्म १५ मिलियनभन्दा बढी सदस्य भइसकेका छन् । यो […]

तमिल फिलिम उद्योगका सुपरस्टार थलपति विजयले हालै भएको तमिलनाडु विधान सभाको चुनावमा बम्पर जित हासिल गरेका छन् । उनको पार्टी तमिलगा भेट्री कजगम (टीभीके) ले १०८ सिट जितेको छ । जुन बहुमतमा पुग्न मात्र १० सिट कम हो । यो पार्टी सेप्टेम्बर २०२५ मा स्थापना भएयता हालसम्म १५ मिलियनभन्दा बढी सदस्य भइसकेका छन् ।

यो बम्पर जितपछि ५१ वर्षका विजय अब, तमिलनाडुका चिफ मिनिस्टर (सीएम) बनेका छन् । अहिले उनको जितको तुलना पूर्व राजनीतिज्ञ एमजी रामचन्द्र (एमजीआर) सँग भइरहेको छ । एमजीआर १९७७ देखि १९८७ सम्म राज्यका सीएम बनेका थिए ।

उनले पनि एक्टिङ छाडेर अलइन्डिया अन्ना द्रविड मुनेत्र कडगम (एआईएडीएमके) पार्टी स्थापना गरेका थिए ।
यसैगरी विजयको यो राजनीति सफलतालाई उनका लाखौं समर्थकहरूले उनको पूरानो फिलिम सरकारको हुबहु मेल खाएको बताइरहेका छन् । सरकार नोभेम्बर २०१८ मा रिलीज भएको थियो । जुन निकै सफल भएको थियो ।

सरकार फिलिमको कथा यस्तो थियो
‘सरकार’ फिलिममा नायक विजयले तमिलनाडुको बेथिति राजनीतिक सोचमा हमला बोलेको थियो । फिलिममा उनको भुमिका एक सफल एनआरई बिजनेसम्यानको थियो । जो भोट दिनका लागि विदेशबाट घर फर्केका हुन्छन् । तर, पोलिङ बूथमा पुगेपछि उसले दिनुपर्ने भोट पहिल्यै कसैले खसालिसकेको थियो ।

यस फिलिममा चुनावी धोखाधडी, राजनीतिक भ्रष्टाचार र एउटा मोनोपोली सिस्टममा जोरदार हमला भएको देखाइएको थियो । जसमा भोटरहरू केवल सजावटको चीज सरह थिए । फिलिमको अन्त्यमा सुन्दर रामास्वामी (जो विजयले खेलेको भुमिका) आफ्नो भोटको लागि मात्रै होइन, भ्रष्ट तन्त्रलाई सुधार्नका लागि चुनाव लड्छन् र जित पनि हासिल गर्छन् ।

यो खालि फिलिममा कल्पना गरिएको थियो । भ्रष्टाचार निर्मूल पार्न सुशासन ल्याउन र भ्रष्ट तन्त्र हटाउन त्यो एउटा स्क्रिप्ट थियो । तर, आठ वर्षपछि यही कल्पनाको स्क्रिप्ट साँच्चिकै यथार्थ बन्छ भनेर कसैले सोचेको पनि थिएन ।

२ वर्षको अथक मेहनत
विगत दुई वर्षदेखि विजयले अथक मेहनत गर्दै राजनीतिमा करिअर बनाएका हुन् । फेब्रुवरी २०२४ मा उनले फिलिम छाडेको घोषणा गरेका थिए । यसपछि उनले तमिलगा वेट्री कजगम (टीभीके) पार्टी शुरु गर्दा कयौंले उनको आलोचना गरेका थिए ।

उनको पार्टीको सामु डीएमके, एआर्ईएडीएमके जस्ता ठूल्ठूला पार्टी थियो । उनको पार्टीलाई कसैको गठबन्धनको समर्थन पनि थिएन । तर, यो पार्टीसँग लाखौं समर्थक र जनताको भरोसा रहेको उनले अहिले प्राप्त गरेको सफलताले सावित गरिसकेको छ ।

विजयको छोटो परिचय
पूरा नामः चन्द्रशेखरन जोसेफ विजय
जन्मः २२ जुन १९७४ मद्रास, तमिलनाडु
उपनामः थलपति (यसको अर्थ कमान्डर)
डेब्यु फिलिमः १९९२ नालाइया थीरपु

parties election 2082