ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
उपत्यकाको मत गणनासँगै समीकरण उल्टियो, अध्यक्षमा डा. बद्री रिजाल अगाडि
2082 General Results

उपत्यकाको मत गणनासँगै समीकरण उल्टियो, अध्यक्षमा डा. बद्री रिजाल अगाडि

Inquiry Nepal Inquiry Nepal May 4, 2026 at 10:31 PM 47 views
काठमाडौं। नेपाल चिकित्सक संघ (एनएमए) को जारी मतगणनामा काठमाडौं उपत्यकाको मत गणना सुरु भएसँगै नेतृत्वको समीकरण फेरिएको छ । उपत्यका बाहिरको मतगणनामा अग्रता बनाउनुभएको अध्यक्षका उम्मेदवार डा. मंगल रावललाई पछाडि पार्दै डा. बद्री रिजालले अग्रता लिनुभएको छ । पछिल्लो परिणामअनुसार रिजालको मतान्तर समेत विस्तार भएको छ । हालसम्म कुल ५ हजार ४२ मत गणना हुँदा […]

काठमाडौं।

नेपाल चिकित्सक संघ (एनएमए) को जारी मतगणनामा काठमाडौं उपत्यकाको मत गणना सुरु भएसँगै नेतृत्वको समीकरण फेरिएको छ । उपत्यका बाहिरको मतगणनामा अग्रता बनाउनुभएको अध्यक्षका उम्मेदवार डा. मंगल रावललाई पछाडि पार्दै डा. बद्री रिजालले अग्रता लिनुभएको छ । पछिल्लो परिणामअनुसार रिजालको मतान्तर समेत विस्तार भएको छ ।

हालसम्म कुल ५ हजार ४२ मत गणना हुँदा अध्यक्ष पदमा डा. बद्री रिजालले २२३२ मत प्राप्त गर्नुभएको छ भने डा. मंगल रावलले २१६३ मत ल्याउनुभएको छ । डा. नारायण प्रसाद भुसाल ५८४ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ ।

महासचिव पदमा पनि प्रतिस्पर्धा रोचक बनेको छ । डा. विश्वराज दवाडीले १८८३ मतसहित अग्रता कायम गर्दा डा. कालुसिंह खत्रीले १७८२ मत प्राप्त गरेका छन् । डा. अमृत भुसाल ११५९ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ ।
वरिष्ठ उपाध्यक्षमा डा. सञ्जीव तिवारीले आफ्नो अग्रता थप फराकिलो बनाउनुभएको छ । उहाले २०५७ मत ल्याउँदा डा. कीर्तिपाल सुवेदीले १६५३ मत प्राप्त गर्नुभएकोछ । डा. अजय कुमार मिश्र १०९२ मतसहित प्रतिस्पर्धामा छन् ।

प्रदेश संयोजक समेत रहनभएका उपाध्यक्ष पदमा भने उपत्यका बाहिरकै मत प्रवृत्ति कायम देखिएको छ । कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिममा पहिलेदेखि अग्रता लिएका उम्मेदवारहरूले आफ्नो स्थिति जोगाइरहेका छन् भने गण्डकी र कर्णालीमा पनि प्रतिस्पर्धा उस्तै अनुपातमा देखिएको छ ।

कोषाध्यक्ष पदमा डा. संयुक्त आचार्य २१६७ मतसहित अगाडि हुनुहुन्छ । डा. चाँदनी जैसवालले १५३९ तथा डा. बिनोद कुमार महसेठले ७५८ मत प्राप्त गरेछन् । त्यस्तै सह–सचिवमा डा. हुलास अग्रवाल २५५५ मतसहित स्पष्ट अग्रतामा हुनुहुन्छ । डा. रामजीवन प्रसादले ११७८ र डा. सन्तोष अधिकारीले ९०८ मत पाएका छन् । सह–कोषाध्यक्षमा डा. तेन्जु सिंह मल्ल २२७० मतसहित अगाडि रहँदा डा. सुभाष गुरुङले १६७७ र डा. राजकुमार दंगालले ६१७ मत प्राप्त गरेका छन् ।

सदस्य पदमा पल्पसा श्रेष्ठको ‘जम्प’

सदस्य पदतर्फ काठमाडौं उपत्यकाको मत गणना सुरु भएपछि डा. पल्पसा श्रेष्ठले उल्लेखनीय छलाङ मार्दै चौथो स्थानमा पुग्नुभएकोछ । लामो समय शीर्ष स्थानतर्फ रहेका डा. अरुण उप्रेती भने सातौँ स्थानमा झर्नुभएको छ । हालसम्म सदस्य पदमा डा. अमित झा २१२१ मतसहित शीर्ष स्थानमा हुनुहुन्छ । त्यसपछि डा. राकेश शाह (२०४९), डा. सुस्मित काफ्ले (१८६६), डा. पल्पसा श्रेष्ठ (१८११), डा. शेषराज घिमिरे (१७८३) र डा. हिमलाल भण्डारी (१७६९) क्रमशः अगाडि हुनुहुन्छ ।

results election 2082