ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
एनएमए निर्वाचन अपडेट: अध्यक्षमा डा. मंगल रावलको अग्रता
2082 General Results Alert

एनएमए निर्वाचन अपडेट: अध्यक्षमा डा. मंगल रावलको अग्रता

Inquiry Nepal Inquiry Nepal May 4, 2026 at 9:24 AM 71 views
काठमाडौं। नेपाल चिकित्सक संघ (एनएमए)को जारी मतगणनामा आज बिहान ५ बजेसम्म ३,५८९ मत गणना सकिँदा अधिकांश पदमा कडा प्रतिस्पर्धा देखिएको छ।अध्यक्ष पदमा डा. मंगल रावल १६७० मतसहित अग्रस्थानमा छन् भने डा. बद्री रिजाल १५६८ मतका साथ नजिकै पछ्याइरहेका छन्। डा. नारायणप्रसाद भुसाल ४१८ मतसहित तेस्रो स्थानमा छन्। बरिष्ठ उपाध्यक्षमा डा. सञ्जीव तिवारी (१३५५) अगाडि रहँदा […]

काठमाडौं।

नेपाल चिकित्सक संघ (एनएमए)को जारी मतगणनामा आज बिहान ५ बजेसम्म ३,५८९ मत गणना सकिँदा अधिकांश पदमा कडा प्रतिस्पर्धा देखिएको छ।
अध्यक्ष पदमा डा. मंगल रावल १६७० मतसहित अग्रस्थानमा छन् भने डा. बद्री रिजाल १५६८ मतका साथ नजिकै पछ्याइरहेका छन्। डा. नारायणप्रसाद भुसाल ४१८ मतसहित तेस्रो स्थानमा छन्।

बरिष्ठ उपाध्यक्षमा डा. सञ्जीव तिवारी (१३५५) अगाडि रहँदा डा. कीर्तिपाल सुवेदी (१२४५) दोस्रो र डा. अजयकुमार मिश्र (४२७) तेस्रोमा छन्। महासचिवमा डा. कालुसिंह खत्री (१३५२) अग्रता कायम गर्दा डा. विश्वराज दवाडी (१२४२) नजिकै छन्।

प्रदेशतर्फ पनि रोचक प्रतिस्पर्धा देखिएको छ—कोशीमा डा. रोशन खड्का, मधेशमा डा. अमित रञ्जन मिश्र, बागमतीमा डा. सुवास भट्टराई, गण्डकीमा डा. यज्ञराज सिग्देल, लुम्बिनीमा डा. नन्दाकुमारी गुरुङ, कर्णालीमा डा. रविन खड्का र सुदूरपश्चिममा डा. प्रमोद जोशी अग्रस्थानमा छन्।
अन्य पदहरूमा पनि प्रतिस्पर्धा तीव्र छ। कोषाध्यक्षमा डा. संयुक्ता आचार्य, सह–सचिवमा डा. हुलास अग्रवाल र सह–कोषाध्यक्षमा डा. तेजसुसिंह मल्ल अग्रता कायम गरेका छन्।

सदस्यतर्फ शीर्ष ६ भित्र डा. अमित झा, डा. राकेश शाह, डा. सुस्मित काफ्ले, डा. शेषराज घिमिरे, डा. हिमलाल भण्डारी र डा. अरुण उप्रेती परेका छन् भने डा. पल्पसा श्रेष्ठ सातौँ स्थानमा छन्।
मतगणना जारी रहेकाले अन्तिम नतिजाका लागि अझै प्रतिक्षा गर्नुपर्नेछ।

results election 2082